विमानमा रहेका सबै २३९ मृत घोषणा

१५ माघ, एजेन्सी ।

मलेसियाली अधिकारीहरुले गत वर्षको मार्च ८ देखि वेपत्ता मलेसियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घोषणा गर्दै त्यसमा रहेका सबै यात्रुलाई पनि मृत घोषणा गरेका छन् ।




अव विमानको खोजी कार्य पनि बन्द गर्ने घोषणा समेत अधिकारिहरुले गरेका छन् ।

मलेसियाको नागरिक उड्डयनले एक विज्ञप्ति जारी गर्दै विभिन्न रहस्य कथासहित हराइरहेको विमानलाई दुर्घटनाग्रस्त घोषणा गरेको हो ।

गत वर्षको मार्च ८ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङ जान उडेको MH370 बोइङ विमान अहिले सम्म पनि कहाँ हरायो कसैलाई थाहा छैन ।
विमानमा २३९ जना सवार थिए । अव उनीहरु मृत घोषित भएका छन् । यो घोषणापछि यसै पनि शोकमा रहेका यात्रुहरुका परिवारमा थप पीडा थपिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget