सेक्स पूर्व गरिने पाकक्रिडामा पुरुषलाई बढि आनन्द हुन्छ कि महिलालाई ?

सम्भोगका बेला चरम सुख प्राप्त गर्नका लागि पाकक्रिडा अनिवार्य हुन्छ । यसले सहवासलाई बढि आनन्ददायी बनाउने भएकाले यो महिला र पुरुष दुबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ । अझ महिलामा चरमसुखको प्राप्ति कठीन हुने भएकाले पाकक्रिडाको ठूलो महत्व रहन्छ । तर पछिल्लोपटक गरिएको एक अध्ययनले पाकक्रिडाबाट महिलाले भन्दा पुरुषले धेरै आनन्द लिने तथ्य पत्ता लगाएको छ ।
पाकक्रिडाले पुरुषमा यौन सन्तुष्टि बढाउने र शिघ्र स्खलनको समस्या पनि कम गर्ने तथा महिलामा चरम सुख प्राप्त गर्न लाग्ने समय आधाले कटौती हुने अध्ययनको निष्कर्ष रहेको छ ।


अध्ययन अनुसार झण्डै १८ प्रतिशत पुरुषले पाकक्रिडामै आधा घण्टा भन्दा धेरै समय बिताउँछन् । डेली स्टारमा छापिएको खबर अनुसार यी मध्ये एक तिहाइले त पाकक्रिडाको समय अझै बढाउने इच्छा राख्छन् । हरेक दशमा एक जना पुरुषले त यस्तो क्रिया १ घण्टा भन्दा पनि लम्बाउन चाहन्छन् ।
पाकक्रिडामा पुरुषलाई भन्दा महिलालाई बढि आनन्द हुने र पुरुषले महिलाको सन्तुष्टिका लागि पाकक्रिडामा सहभागि हुने यसअघिको विश्वासलाई यो तथ्यले गलत सावित गरेको छ । पुरुषले आफ्नो पार्टनरको यौन सन्तुष्टिका लागि नभै आफ्नै आनन्दका लागि सम्भोगपूर्व पाकक्रिडा गर्ने अध्ययनको निष्कर्ष रहेको छ ।
२ हजार जनामा गरिएको यो अध्ययन अनुसार महिला भन्दा पुरुषले बढि पाकक्रिडा चाहन्छन् । लभहनी नामक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययन अनुसार पुरुषहरु पाकक्रिडामा मात्र नभएर सम्भोगका बेला पनि लामो समयसम्म टिक्न चाहन्छन् । महिलाहरु भने सम्भोगको समय जतिसक्दो छोटो होस् र त्यसबाट आनन्द प्राप्त होस् भन्ने चाहन्छन्, अध्ययन रिपोर्टमा भनिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget