कसैसँग पनि यौनसम्पर्क गर्न मन लाग्दैन

करूणा कुँवर, मनोविद्
म ५४ वर्षको भएँ। म विवाहित भए पनि मेरो धेरै महिलासँग यौनसम्पर्क भैसकेको छ। मेरो सम्बन्ध प्राय:जसो यौनकर्मीसँग हुन्थ्यो र सुरक्षित उपाय अपनाइन्थ्यो। एक-दुई पटक परिचित महिलासँग पनि असुरक्षित यौनसम्पर्क भएको थियो, तर उनीहरूप्रति मलाई पूरा विश्वास थियो। तीन वर्षअघि लगातार ज्वरो आइरहेपछि रगत परीक्षण गरियो र मलाई एचआईभी पोजिटिभ भएको जानकारी पाएँ।


अहिले मलाई, यो उमेरमा एचआईभी संक्रमण भएको कुरा समाजले थाहा पाए अप्ठेरो स्थिति आउला भन्ने चिन्ताले सताइरहन्छ। अर्कातिर कतै मैले कसैलाई एचआईभी संक्रमित त गराएको छैन भन्ने चिन्ता पनि लागिरहन्छ। मलाई कसैसँग पनि यौनसम्पर्क गर्न मन लाग्दैन। विगतको घटना सम्झेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ?

यौनसम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार भएका हुन्छन्। यौन चेतनाको कमी तथा त्यसमा देखाइने असावधानीका क्रममा धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटनाहरू हामी दिन-प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले साधारणजस्तो लागे पनि पछि विकराल रूप लिएर त्यसले मानिसको ज्यान नै लिएको तथ्याङ्कहरूले देखाएका छन्। यसको भावनात्मक एवं मनोवैज्ञानिक असरहरू पनि छन्। यौनरोगहरू कोबाट कसमा सरेको हो भनेर यकिनका साथ भन्न नसकिए पनि संक्रमण पुरुष वा महिला दुवैबाट हुन्छ। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट यो पहिले संक्रमित भएको हो भन्नेमा पुरुष र महिलाबीच विवाद नै हुने गरेको छ। यस्ता घटनामा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको हामी पाउँछौं, जुन उपयुक्त होइन। यौनरोगको उपचार गराउने क्रममा पनि पुरुषहरू पन्छिने गरेका छन्। कतिपय अवस्थामा यो पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको हुन सक्छ, तर सँगसँगै पुरुषमा पनि संक्रमण भैसकेको हुन्छ यद्यपि त्यसको जानकारी नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवै यौनसाथीले यौन रोगको उपचार गराउनुपर्ने हुन्छ। एकजनाको मात्र उपचारले यौनरोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ। एचआईभी कोबाट पहिले सरेको हो भन्ने कुरा थाहा नभए पनि रोग लागि सकेपछि स्वास्थ्यको हेरचाह गर्ने र यौन सम्बन्धमा सुरक्षात्मक उपाय अपनाउने कुरा महत्वपूर्ण हुन्छ।

जहाँसम्म यौनरोग भएको मानिसले यौनआनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसाबले नै उनीहरूले यौनआनन्द लिन सक्दैनन्। जुनसुकै किसिमका ेयौनरोगले पनि मानिसलाई पीडा दिएको हुन्छ। त्यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिल्चिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले पीडित व्यक्ति हैरानीको अवस्थामा पुगेको हुन्छ। पीडाको त्यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ र ? अर्को कुरा, आफूलाई यौन रोग लागेको छ भन्ने जानकारी भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध भैरहेको हुन्छ। त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलत: दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन नै समाप्त पार्ने खतरा पनि हुन्छ। लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्या देखा पर्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ।

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं मात्र एक्लो हुनुहुन्न। ती घटनाले तपाईलाई पटक-पटक घचघच्याइ रहन्छन्। यो पनि स्वाभाविक हो, तर तपाईले त्यसबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने कुराचाहिँ महत्त्वपूर्ण हो। मनोविज्ञानका हिसाबले पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा आफ्ना गलत कर्म रोक्नुभयो भने त्यसलाई शिक्षाका रूपमा नै लिनुपर्छ। घटना दोहोर्‍याइयो भने मात्र समस्या बढ्दै जान्छ।

मानव सभ्यताले उच्ााइ प्राप्त गरेको अमेरिकामा पनि मानिसहरूमा प्रेम, यौन र रोमान्सप्रति पश्चाताप भएको पाइन्छ। धेरैजसो अमेरिकीसँग नयाँ वर्षको तिम्रो एजेन्डा के छ भनेर सोध्यो भने यही प्रेम, यौन र रोमान्सप्रति विगतमा भएका आफ्ना कमजोरी नदोहोर्‍याउने वाचा गरेको अनुसन्धानहरूले देखाएका छन्। अब तपाईं विगतका घटनाप्रति पश्चाताप गरिरहने भन्दा पनि विगतका त्यस्ता घटनाबाट पाठ सिकेर रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापको भावनाबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्नुहोस्। त्यसका साथै एड्सको सम्भव उपचार र आफूलाई लागेको रोग अरूलाई सर्न नदिनेतर्फ पनि सचेत रहनुहोला। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget