प्रेमिकालाई आकर्षित गर्न चाहनुहुन्छ ? यी कुरा कहिलै नगर्नुस !

के तपाई कसैलाई माया गर्नु हुन्छ ? अनि उसैसँग लामो समयसम्म प्रेम गर्न चाहनुहुन्छ/जीवन बिताउन चाहनुहुन्छ ?

यदि तपाईको कुनै प्रेमिका छिन् र यहाँ सोधिएको उत्तरमा तपाईको सकारात्मक मत रहेको छ भने आज हामी तपाई समक्ष केहि यस्ता राम्रा टिप्स दिदै छौ जसको सहयोगमा तपाईलाई तपाईको प्रेमिकाले सधै भरि माया गर्ने गर्छिन |

भनिन्छ नि ! केहि कुरा पाउन केहि गुमाउनु पर्छ | यस्तै यसका लागि तपाईले आफ्नो बानीमा केहि सुधार गर्नु आवश्यक हुन्छ | नआत्तिनुहोस ! त्यस्तो केहि गारो विषय छैन | सजिलै गर्न सकिने विषय छन् जसले तपाईको सम्बन्धलाई निकै अगाडी सम्म पुर्याउने छ | यसका लागि तपाइले आजै देखि यी कुरा हरुमा ध्यान दिनु आवश्यक छ |

सोसल नेटवर्किङमा पिछा
भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।

विवाहको बारेमा संकेत नदिनुहोस्
पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।

पैसाको सो–अफ नगर्नुहोस्
महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।

पटक–पटक अपडेट लिइरहन आवश्यक छैन
कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।

पटक–पटक फोन नगर्नुहोस्
यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।

बिल सधैँ आफैँले नै नतिर्नुहोस्
यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।

सेक्सको कुरा नगर्नुहोस्
केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।

पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्
तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुनेछ ।

नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइन
नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ । पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

पर्सनल लाइफमा बाधा नपुराउनु
महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन । महिलालाई उनको पर्सनल लाइफ र उनीहरुको साथीको बारेमा थाहा पाउने कोसिस नगर्नुहोस् ।


भिडियो हेर तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget