साउदी अरबका राजा अब्दुल्लाहको निधन

नयाँ राजाका रुपमा भाइ सलमानले समाले गद्दी
काठमाडौं,माघ ९ – साउदी अरबका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिज को निधन भएको छ । उनी ९० वर्षका थिए ।

निमोनियाको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अब्दुल्लाहाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको त्यहाँको राजदरबारलाई उद्धत गर्दै बीबीसीले लेखेको छ । उनी एक हप्ताअघि  अस्पताल भर्ना भएका थिए ।
आफ्ना दाजुभाइहरुमध्ये पाचौं अब्दुल्लाह बिन २००५ मा त्यहाँको राजा भएका थिए । सुधारवादी राजाको रुपमा लिइने अब्दुल्लाहले कैयन सुधारका कामहरु आफ्नो कार्यकालमा गरेका थिए ।
अब्दुल्लाहाको निधन पछि उनका ७९ वर्षीय भाइ सल्मान अब्दुल्लाजिज त्यहाँको राजा भएका छन् ।शुक्रबार बिहानै एक विज्ञप्ति जारी गर्दै सलमान नयाँ राजा भएको त्यहाँको राजदरबारले जनाएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget