आमसभाको विरोध नेतृत्व विहिन, इटहरी थप तनावग्रस्त

संविधानको विरोधमा रहेका मधेसी, लिम्बु तथा जनजातीको ‘संघीय गठबन्धन' ले इटहरीमा गर्ने तयारी गरेको आम सभाको विरोधमा स्थानियवासीको प्रदर्शन र विरोध नेतृत्व विहिन भएको छ।
कार्यक्रमको लागि तयार गरेको मञ्च विहानै विद्यार्थी संगठनका नेताहरुले जलाइदिएपछि कार्यक्रमको विरोधमा कार्यक्रम स्थल वरीपरी बाक्लो संख्यामा मानिस भेला भएको थियो। यसरी भेला भएका मानिसहरुले मधेसी मोर्चाविरुद्ध चर्का नारा लगाएका छन् भने कार्यक्रम स्थलको चारैतर्फ टायर बालेका छन्।
कार्यक्रमको विरोधमा एमाले, काँग्रेस, राप्रपा नेपाल,एमाओवादीलगायतका संगठनका स्थानीय नेता तथा कार्यकर्ताहरु अप्रत्यक्ष रुपमा उत्रिएपनि नेतृत्व भने कसैले लिएको छैन। विरोध कार्यक्रम नेतृत्व विहिन हुँदा नियन्त्रणबाहिर जाने सम्भावना बढेको छ।
गठबन्धनको कार्यक्रम विथोल्ने भनेर हिजो विज्ञप्ती जारी गरेका काँग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालका विद्यार्थी संगठनलाई उनीहरुको मातृ संगठनले शान्तीपूर्ण कार्यक्रम नबिथोल्न भनेपनि विद्यार्थी र स्थानियहरुको स्वतःस्फूर्त सहभागिता छ। मधेसी मोर्चाका नेताले इटहरीको सभालाई सम्बोधन गर्ने भनिएपछि कार्यक्रमको विरोधमा इटहरी र वरपरबाट मानिसहरु कार्यक्रमस्थल वरीपरी भेला भएर नारावाजी गरीरहेका छन्।
विरोधमा सहभागिहरुले राजेन्द्र महतो र उपेन्द्र यादवप्रति लक्षित गर्दै आक्रोश पोखेका छन्। उनीहरुले मानिसलाई जिउँदै जलाउने, प्रहरीलाई मार्ने नेताहरुलाई कार्यक्रम गर्न दिन नहुने बताएका छन्। नाकाबन्दी र तीन जिल्ला टुक्राउने अभिव्यक्तिको विरोधमा समेत चर्का नारा लगाएका छन्।
विरोध गर्नेहरुले आमसभाको लागि ल्याइएका बसहरुमा समेत अवरोध गरेका छन्। उनीहरुले एउटा बसमा बाँधिएको संघीय समाजवादी फोरमको झण्डा र ब्यानर खोसेर जलाइदिएका छन्।
कार्यक्रमको सुरक्षाको लागि इटहरीमा हालसम्मकै धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र शशस्त्रलाई कार्यक्रम स्थलको वरपर राखिएको छ। ११ बजे गर्ने भनेको कार्यक्रम १ बज्दा पनि सुरु हुन सकेको छैन भने कार्यक्रमको लागि आउने भनेर आयोजकले जानकारी दिएका राजेन्द्र महतो, उपेन्द्र यादवलगायतका नेताहरुसमेत आइसकेका छैनन्।
कार्यक्रमको विरोधमा जनप्रदर्शन बढेपछि कार्यक्रम गर्न दिने वा नदिने भन्ने विषयमा छलफल भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिएका छन्।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget