मालदिभ्समा विपक्षी दलको विशाल प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

१२ मंसिर, कोलम्बो ।

मालदिभ्समा त्यहाँको मुख्य विपक्षी दल मालदिभीयन डेमोक्रेटिक पार्टी (एमडिपी) ले सरकारका विरुद्धमा आन्दोलन सुरु गरेको समाचार छ । उनीहरुले शुक्रबार बिहानैदेखि सरकारका विरुद्धमा प्रदर्शन सुरु गरेका छन् ।

हजरौँको सङ्ख्यामा सुरु भएको सो प्रदर्शनमा प्रहरीले शुक्रबार अपरान्ह व्यापक हस्तक्षेप गरेको थियो । त्यस क्रममा निकै ठूलो भिडन्त पनि भएको अधिकारीहरुले जनाएका छन् ।

आन्दोलनसँगै उनीहरुले ७३ घन्टे अनशन पनि थालेका छन् । सो अनशनमा हजारौँको सङ्ख्याका नागरिक बसिरहेका छन् । उनीहरुले उक्त पार्टीका नेता तथा मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदको रिहाइको माग गरेका छन् ।


प्रदर्शनकारीहरुले सरकारले राजधानी मालेमा यस अघिदेखि नै घोषणा गरेको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए । उनीहरुले उक्त निषेधित क्षेत्रमा प्रवेश गरी नाराबाजी गर्नुका साथै सोही क्षेत्रमा अनशन सुरु गरेका थिए ।



पछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । त्यसपछि पनि प्रदर्शनकारीहरु त्यहाँबाट नहटेपछि रातिसम्म नै प्रहरीले पहरा दिइरहेको थियो । प्रहरीले शुक्रबार राति १२ बजेपछि त्यहाँ प्रदर्शन गर्न नदिने बताएको भएपनि प्रदर्शन भने जारी नै रहेको छ ।


विपक्षी दलका कार्यकर्ताहरुले ७३ घन्टासम्म नै धर्ना दिने बताएका छन् । उनीहरुले आफ्ना नेता मोहम्मद नसिदलाई रिहा गर्नुपर्ने मुख्य माग राखेका छन् ।

तर मालदिभ्स्का गृहमन्त्री उमार नसिरले भने आफूहरुले पूर्व राष्ट्रपति नसिदलाई रिहा गर्न नसक्ने बताएका छन । नसिद अदालतको फैसलाबाट जेल परेकोले न्यायिक निर्णयमा सरकारले केही गर्न नसक्ने धारणा उनले राखेका थिए ।

तर विपक्षी दलका कार्यकर्ताहरुले भने नसिदलाई न्यायिक निर्णयका आधारमा नभएर राजनीतिक प्रतिशोधका आधारमा जेल हालिएकोले उनलाई तत्कालै रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

पूर्व राष्ट्रपति नसिद वर्षदिनदेखि जेलमा छन । उनलाई आतङ्कवादसँग सम्बन्धित निर्णयका आधारमा जेल हालिएको थियो । रासस/सिन्ह्वा

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget