११ मंसिर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत विजय जोली अहिले काठमाण्डौंमा छन् । जोली मोदीको पार्टी भाजपाका नेता हुन् । जोलीले प्रधानमन्त्री ओलीलाई भेटेर मधेशमा नयाँ ढंगले सीमांकन गरेर भारतीय स्वार्थ अनुसार मधेशको मात्र भूभाग राखेर दुई प्रदेश वनाउन फकाउन कोशीस गरेकाछन् ।
प्रधानमन्त्री ओलीले मधेशको मात्र भूभाग राखेर दुई प्रदेश वनाउन नसकिने जवाफ दिएपछि जोलीले पूर्वको विराटनगर नाका सम्म दुई नम्बर प्रदेशमा राख्न र पश्चिमको ५ नम्बर प्रदेशमा मधेशका भूभागमात्र राखेर धनगढी नाकासम्मको प्रदेश वनाउने र झापा र कंचनपुर को वारेमा पछि निर्णय गर्ने प्रचण्डको प्रस्तावलाई समर्थन गर्न आग्रह गरे ।
यो मध्यमार्गी प्रस्तावमा भारतको समर्थन रहेको जोलीले वताए । यसमा ओलीले कुनै प्रतिक्रिया नदिएको श्रोतको भनाइ छ । यसवाट प्रचण्डको प्रस्तावको श्रोत भारत रहेको पुष्टि भएको छ ।
ओलीलाई पुरै फकाउन नसकेपछि मोदी दूत जोलीले प्रचण्डलाई जनयुद्धको वेला भएका घटनाहरुलाई लिएर अन्तराष्ट्रिय अदालतमा उभ्याइ कडा सजाँय दिलाउने धम्कि प्रचण्ड निकट एक व्यापारी मार्फत दिएको श्रोतको भनाइछ ।
प्रचण्ड अहिले सम्म भारतीय धम्कि अगाडि पुरै नझके पनि कुनै वेला लत्रिने हो कि भन्ने आशंका अझै वाँकि छ । साथै प्रचण्डलाई प्रधानमन्त्री वनाइदिने लोभ पनि मोदीका विशेष दूतले प्रचण्डलाई पठाएको समाचार श्रोत वताउँछ ।
यदि प्रचण्डले मोदीका धम्कि वा लोभमा परेर भारतीय स्वार्थमा लम्पसार परे उनको हविगत पनि वावुरामको जस्तो हुने निश्चित छ । तर प्रधानमन्त्री हुने लोभले के गर्ने हुन् त्यो हेर्न वाँकि रहेको छ ।
मोदीका विशेष दूत जोलीले मधेशी नेताहरुलाई आन्दोलन अझ चर्काउन निर्देशन दिएको समाचार श्रोत वताउँछ । अन्तराष्ट्रिय समुदायको प्रेशर वढ्न थाल्यो भने भारतले अघोषीत नाकावन्दी थेगेर राख्न नसक्ने र मधेशमा आन्दोलन चर्काएर मात्र यो लामो समय लान सकिने भएकोले आन्दोलनलाई जसरी हुन्छ चर्काउन र आवश्यक परे हिंसात्मक रुप दिन पनि उनले सुझाव दिएको वताइन्छ ।
चीनवाट इन्धन आयात हुन थालेमा भारतीय नाकावन्दी असफल हुने र भारतीय योजना असफल हुने भएकोले जसरी भएपनि चीनवाट इन्धन आयात रोक्न पहल गर्नु नै मोदी दूतको विशेष मिशन भएको वताइन्छ ।
यसका लागि नेपाल आयल निगममा रहेका आफ्ना एजेन्टहरुलाई चीनवाट इन्धन ल्याउने योजना ढिलाइ गर्न र असफल पार्न जोलीले विशेष जोड दिइरहेको वताइन्छ ।
चीनवाट ल्याउने इन्धन केही महंगो पर्ने हुनाले ल्याउन हुन्न भन्ने लविङ गर्न जोलीले मधेशी दलका नेताहरु र सत्ताधारी दलहरुका आफ्ना समर्थक एजेन्टहरु मार्फत प्रयास तीब्र वनाएको समाचार श्रोतले वताएको छ ।
sajhapatrika
Post a Comment