कोरला नाकामा हतियार सहितको चिनीया शुरक्षाकर्मीको निगरानी : नाका सञ्चालन गर्न संसदीय टोली जादै

कोरला नाकामा हतियार सहितको चिनीया शुरक्षाकर्मीको निगरानी : नाका सञ्चालन गर्न संसदीय टोली जादै
मुस्ताङ, १४ मङ्सिर / चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ । व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, धौलागिरि अञ्चलका सांसद, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोलीले नाका सञ्चालन गर्न सकिने वा नसकिने, भौतिक पूर्वाधार, सडकको अवस्थाका विषयमा विस्तृत अध्ययन गर्नेछ ।
आज उपल्लो मुस्ताङ हिँडेको टोलीले दुई दिन नाकाको सम्पूर्ण अध्ययन गर्ने र स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ । अघोषित भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अस्तव्यस्त बनिरहेको सन्दर्भमा चीनसँग सीमा जोडिएको उक्त नाका सञ्चालन गर्न सके इन्धन, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री त्यसैबाट आयात–निर्यात गर्न सकिने अवस्था छ ।
मुस्ताङलगायत धौलागिरि अञ्चलका उद्योगी व्यवसायी, नागरिक समाज, स्थानीयसवासी लगायतको हालै बेनीमा सम्पन्न बृहत् छलफलले नाका सञ्चालन गर्न सके देशलाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने निष्कर्ष निकालेका थिए । १२ वर्षअघि सम्म सञ्चालनमा रहेको नाका चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै बन्द गरेको छ ।
उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणलाई निर्बाध आवतजावतको व्यवस्था भएपछि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । नाकानजिकै अत्याधुनिक हतियारसहितका सुरक्षा क्याम्प राखेर सिसी क्यामेरामार्फत निरन्तर निगरानी बढाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संसदीय टोलीले सम्पूर्ण विषयको अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने बताउनुभयो । टोलीमा समितिका सदस्य, बाग्लुङका संसद् प्रकाश पौडेल, मुस्ताङका श्रीमायाँ थकालीलगायतका व्यक्ति सहभागी हुनुहुन्छ । रासस
१६ पटक हेरिएको १६ अाज मात्र हेरिएको
पूर्वेली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
 purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget