भारत विरुद्ध विप्लव माओवादीले “नाकावन्दी कारवाही” थाल्ने

भारतीय आतंककारी र अमानविय नाकावन्दीको विरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा(माओवादी) र संतोष बुढामगर नेतृत्वको केन्द्रिय जनपरिषद नेपालले मंसीर १३ गते देखि जनकारवाही थाल्ने घोषणा गरेको छ ।
नेपालले पैसा तिरेर किनेका इन्धन औषधी लगाएतका सामाग्रीहरु भारतीय नाकाहरु मै रोकेर भारतले अति अमानविय निकृष्ट कार्य गरेको विरोधमा विप्लव माओवादी र केन्द्रिय जनपरिषदले विभिन्न खालका जनकारवाहीहरु थाल्ने भएको छ ।
पहिलो चरणमा भारतले इन्धन र औषधी नपठाई कुहिन लागेका सामाग्रीहरु नेपाल पठाएमा ती सामाग्रीहरु जफत गर्ने र भारतीय गाडिहरु जलाउने भएको छ ।
दोश्रो चरणमा भारतीय फिल्महरु नेपालमा प्रदर्शन गर्न रोक लगाउने र नमानेमा ती हलवालाहरुलाइ जनकारवाही गर्ने, भारतीय टिभि च्यानल र विज्ञापन प्रसारणमा रोक लगाउने र नमानेमा प्रसारण गर्ने कम्पनिमाथि जनकारवाही गर्ने भएकोछ ।
उनीहरुका फिल्म, टिभि च्यानल, विज्ञापन र भारतीय कुहिन लागेका सामान मात्र वन्द गरे पनि भारतलाई दैनिक करोडौं घाटा हुने वताइन्छ ।
तेश्रो चरणमा नेपालमा करोडौं नाफा कमाइरहेका भारतीय ठेकदारहरुलाई भारत फिर्ता जान आदेश दिने र नगएमा ती भारतीय ठेकेदारहरु माथि जनकारवाही थालनि गरिने माओवादी श्रोतले जानकारी दिएकोछ ।
नेपालमा भारतीय ठेकेदारहरुले कब्जा गरेका ठेक्काहरुवाट उनीहरुलाई हटाएर नेपालीहरुलाई नै काम दिन विप्लव माओवादीले सरकार संग माग गर्ने वताइएकोछ ।
यदि भारतीय ठेकेदारहरु नेपालवाट लखेटिएमा भारतलाई अरवौं रकम घाटा पर्नेछ ।
चौथो चरणमा नेपालमा विभिन्न नाममा रहेका भारतीय संघ संस्थाहरु माथि पनि जनकारवाही थालनि गर्ने माओवादी श्रोतले वताएको छ । ती संघ संस्थाहरुले पनि भारतीय स्वार्थमा काम गरिरहेको, नेपालीहरु विरुद्ध गुप्तचरी गरिरहेको र नेपाल विरोधी गतिविधि गरिरहेकोले जनकारवाही गरिने श्रोतले वताएको छ ।
nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget