रसुवा–केरुङ सडक खण्ड मर्मत गर्ने जिम्मा सेनालाई

| २०७२ मङ्शिर १४

फोटो :फाइल फोटो


काठमाडौँ: सरकारले रसुवा–केरुङ सडक खण्ड स्तरोन्नति गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएपछि वैकल्पिक उपाय खोज्ने उद्देश्यका साथ सो नाकालाई विस्तार गर्न लागिएको हो ।

अत्यावश्यकीय सामग्रीको आयात गर्नका लागि उत्तरको सबैभन्दा छोटो नाका भएकाले सरकारले सो मार्गलाई आगामी दुई वर्षभित्र दुई लेनको बनाउन लागेको हो ।

सेनालाई निर्माणको जिम्मा दिँदा काम गर्न सहज हुने भएकाले सरकारले सो नाकालाई विशेष प्राथमिकतामा राखेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।

आज आयोजित कार्यक्रममा उनले आफूले केही दिन पहिले रसुवा–केरुङ सडक खण्डको स्थलगत अवलोकनसमेत गरेको र सरकारका विभिन्न निकायसँगको छलफलपछि सेनालाई जिम्मा दिने निष्कर्षमा पुगिएको बताए।

रसुवागढी–गल्छी सडक खण्डमध्ये रसुवासम्म सामान्य समस्या भए पनि धुन्चे–रसुवागढी सडक खण्डमा केही अप्ठ्यारो रहेकाले त्यसलाई मर्मत र सम्भार गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको र आगामी दुई वर्षभित्र दुईतर्फी सडक सञ्चालन गर्न सहज बनाइने उनको भनाइ छ ।

प्रधानमन्त्रीले सो सडक खण्ड तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदार अर्थमन्त्री पौडेलसहितको टोलीले सो सडकखण्डको स्थलगत अवलोकन गरेको थियो ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले पनि सो सडक खण्ड तत्काल सञ्चालनका ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
annapurnapos
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget