ओलीका दुतले दिल्लीमै पुगेर मोदी सरकारलाई कडा सन्देशः सबै मिडियामा हेडलाइन

१३ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री ओलीको विशेष दुतकोरुपमा भारत गएका एमाले सचिव प्रदीप ज्ञवालीले भारतको ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन् । भारतको सरकारी समाचार समिति प्रेस ट्रष्ट अफ इण्डियासँग कुरा गर्दै सचिव ज्ञवालीले नेपालले भारतसँग सम्मान जनक र वरावरीको सम्बन्ध चाहेको तर ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका हुन् ।


उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व राजनीतिमा भूमिका खेल्न चाहेको भए छिमेकीसँगका सम्बन्ध सुधार गर्न सुझाव समेत दिएका छन् ।
नेपालले भारतसँग समानताको आधारमा सम्बन्ध बढाउन चाहेको र चीनसँग पनि सोही कुरा लागु हुने भन्दै उनले एउटाको हस्तक्षेपकारी भूमिका कम गर्न अर्को देशको सहारा नलिने स्पष्ट पारेका छन् ।

भारत उदाउँदो शक्ति भएको र उदाउँदो शक्तिले विश्व शक्ति बन्नका लागि छिमेकी दलहरुसँग राम्रो सम्बन्ध बनाउनु पर्ने तर्क समेत ज्ञवालीले पिटिआइसगको अन्तर्वार्तामा गरेका छन् ।

चीनले गरेको सहयोगमा कुनै राजनीतिक स्वार्थ नजोडिएको दावी गर्दै ज्ञवालीले यो विसुद्ध असल छिमेकीकोरुपमा गरिएको सहयोग भएको पनि स्पष्ट पारेका छन् ।
नेपालले चीनलाई उर्जा बेच्न नसक्ने बताउँदै उनले भारतीय ब्यवहारलाई आफूहरुले नबुझेको बताएका छन् ।

sajhapatrika

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget