टर्कीका राष्ट्रपतिद्वारा पुटिनलाई ‘आगोसँग नखेल्न’ चेतावनी

काठमाडौं, मंसिर १२ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।
टर्कीको हवाई क्षेत्र उल्लंघन गरेको भन्दै टर्कीले रुसी युद्धक विमान खसालेपछि चर्किएको विवादका बीच टर्कीस राष्ट्रपतिको यस्तो भनाई आएको हो ।
टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले यो मुद्धा सुल्झाउन पेरिसमा हुने जलवायु शिखर सम्मेलनका बेला रुसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटघाट गर्न चाहेको पनि बताए ।
उनले रुससँगको सम्बन्ध बिगार्न नचाहेको स्पष्ट पारे । तर टर्कीले क्षमा माग्न तयार नभएकाले पुटिनले एर्दोआनसँग भेट्न अस्वीकार गरेको जनाइएको छ ।
रुसी विदेश मन्त्री सर्गेइ ल्यावरोभले यस घटनाबाट टर्कीको हितमाथि गम्भीर असर पर्न सक्ने भन्दै टर्कीलाई उपलब्ध गराउँदै आएको प्रवेशाज्ञा नलाग्ने व्यवस्था आगामी जनवरीदेखि स्थगित गरिने बताए ।
टर्कीले गत मंगलबार रुसी युद्धक विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेपछि दिइएको चेतावनी अस्वीकार गरेपछि विमान खसालेको दाबी गरेको छ भने रुसले विमान सिरियामै उडिरहेकोमा जोड दिएको छ ।
रुसले टर्की विरुद्ध आर्थिक नाकाबन्दी लगाउने मस्यौदा तयार भइरहेको बताएको छ । रुस र टर्कीबीच महत्वपूर्ण आर्थिक सम्बन्ध रहँदै आएको छ । रुस, टर्कीको दोश्रो ठूलो व्यापार साझेदार हो र गत वर्ष मात्रै ३० लाख भन्दा बढी रुसी पर्यटकले टर्की भ्रमण गरेका थिए । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget