भाजपा नेताको चुनौती : भारतसँग विश्वास छैन भने पाकिस्तानबाट तेल ल्याउनु

काठमाडौं – भारतीय जनता पार्टीका नेता भगत सिंह कोसियारीले नेपाललाई सके पाकिस्तानबाट इन्धन ल्याउन चुनौती दिएका छन् । भारतसँग सम्बन्ध चिसिएपछि चीनबाट इन्धन ल्याउने तयारी गरेको नेपाललाई कोसियारीले उक्त चुनौती दिएका हुन्  ।
रिपोटर्स क्लबसँगको अन्तरवार्तामा नेता कोसियारीले भनेका छन्, ‘ नेपाललाई भारतमा विश्वास छैन भने बंगलादेशबाट ग्यास मगाओस, हामी बाटो दिन्छौ । पाकिस्तानबाट मगाउनुस । के त्यहाँ ट्रक लिएर जान सक्छ ।’ उनले नेपालले संसारका कुनै पनि देशसँग सम्झौता गरे भारतलाई कुनै आपत्ति नहुने पनि बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समस्या समाधान गर्न चाहेको उल्लेख गर्दै भारतले कुनै प्रकारको नाकाबन्दी नगरेको समेत दोहोराए । उनले नेपालको समस्या आन्तरिक भएको उल्लेख गर्दै त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्न सुझाव दिए ।
उनले नेपालमा भइरहेको भारतीय गाडीमाथि आगजनीका कारण पारवहनमा समस्या भइरहेको बताउँदै प्रश्न गरे, ‘नेपालमै एक वर्गका मानिसहरु आन्दोलित छन । उनीहरु मर्न मार्नकोलागि तयार भएका छन् । यस्तो अवस्थामा भारतले आफ्नो ट्रक त्यहाँ किन पठाउँछ ? जव उनीहरुको ट्रक जलाईन्छ भने सामान किन पठाउँछन् ?’
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget