विराटनगर र महेन्द्रनगरमा भारतीय गाडीमा आगजनी र तोडफोड

बिराटनगर/हेटौंडा मंसिर १३ । विराटनगरमा नाकाबन्दीविरुद्ध उत्रिएका बन्दकर्ताले भारतीय राजदूतावासको सम्पर्क कार्यालय अगाडी एउटा भारतीय नम्बर प्लेटको ट्रिपरमा आगजनी गरेका छन् ।
बन्दको अवज्ञा गरेकाले आगो लगाएको बन्दकर्ताले भनेका छन् । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीमा पनि बन्दकर्ताले तोडफोड गरेका छन् ।
तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, नेपालमा भारतीय नम्बरका सवारी साधन तोडफोड भएको भन्दै बनबासा सिमा नाकामा रहेको भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाल आउने सवारी साधनमा रोक लगाएको छ ।
बन्दका कारण महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने गाडी चल्न नसक्दा यात्रु बसपार्कमै अलपत्र परेका छन् । यता धादिङमा भने कालुपाण्डे राजमार्ग अन्तर्गत नलाङ गाविस ६ स्थित कालीदहमा बन्दकर्ताले एउटा ट्रकमा आगजनी गरेका छन् ।
हेटौंडाबाट इट्टा बोकेर आएका गाडीका चालकलाई ओराली बन्दकर्ताले आगजनी गरेको धादिङ प्रहरीले जनाएको छ । बन्दका कारण धादिङबेसीबाट चल्ने गाडी चल्न सकेको छैन भने राजमार्ग क्षेत्र ठप्प छ । सदरमुकामका पसल, बजार पनि बन्द रहेका छन् ।
सप्तरीमा भने पोर्ताहा गाविसमा पर्ने महौली पुलमा दुई वटा सिलिण्डर बम फेला परेको छ । बम निष्क्रिय पार्न सेनाको टोली बोलाइएको छ । बम कसले राखेको भन्ने खुलेको छैन ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget