कालोबजारी नियन्त्रण नगरे सरकारी निकायलाई नै कारबाही गर्ने अख्तियारको चेतावनी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यकामा मौलाएको कालोबजारी रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार आयोजित कार्यक्रममा उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सम्बन्धित निकायका सरकारी प्रमुखहरुलाई अख्तियारले यस्तो निर्देशन दिएको हो ।

तीनै जिल्लाका सिडियो, प्रहरी प्रमुखहरु तथा सम्बन्धित निकायका सरकारी प्रमुखहरुको सहभागि रहेको सो कार्यक्रममा अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने कारबाही भोग्न तयार हुनुपर्ने बताए ।

बजारमा ग्यास इन्धन लगायतका उपभोग्य बस्तुहरुको अभाव भएको तर कालोबजारीमार्फतबाट भने जतिपनि पाइने अवस्थाको सिर्जना भएको भन्दै सो अवस्थाको अन्त्य नभए सम्बन्धित निकायलाई नै कारबाही गर्ने उनले चेतावनी दिए ।

सो कार्यक्रममा प्रवक्ता पुष्करले सरकारले अहिले गरिरहेको अनुगमन नाममात्रको भएको भन्दै त्यसलाई कडाइ गर्न निर्देशन समेत दिएका थिए ।

तर, सरकारी अधिकारीहरुले भने सरकारी निकायवीच समन्वय नहुनु र सूचनाको अभाव हुनुले बजार अनुगमन प्रभावकारी हुन नसकेको भन्दै आफ्नो बचाउ गरेका थिए ।
ratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget