मन्त्रीले खोजे सशस्त्रको भूमिका


एसएसबी गोलीकाण्ड
काठमाडौं: भारतीय सुरक्षा बल एसएसबीले बुधबार नेपाली भूमिमा प्रवेश गरी चारजना नेपाली युवामाथि गोली हानेको घटनापछि सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ।


घटनास्थलको विवरणसहित बिहीबार गृह मन्त्रालय पुगेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई गृहमन्त्री शक्तिबहादुर बस्नेतले सीमामा सशस्त्र प्रहरीको भूमिकाबारे चासो व्यक्त गरेका थिए।

सुनसरीको भान्टाबारी बजारभन्दा करिब एक किलोमिटर दुरीमा रहेको पूर्वीटोलमा एसएसबीले रासायनिक मल बोकेका किसान युवालाई लखेटेर गोली प्रहार गरेको थियो। एसएसबीले नेपाल-भारत सीमाभन्दा पाँच सय मिटरभित्र पसेर गोली हान्दा पनि सीमामा खटिएका सशस्त्र प्रहरीले तत्कालै थाहा नपाएको भन्दै गृहमन्त्री बस्नेतले आईजीपी वन्तसँग स्पष्टीकरण लिएका थिए।

जबाफमा वन्तले मधेसी मोर्चाको आन्दोलन सुरु भएदेखि नै उक्त स्थानमा सशस्त्रले डिउटी लिन छाडेको र घटनास्थलभन्दा करिब चार किलोमिटर टाढामात्रै सशस्त्रको क्याम्प रहेको बताएका थिए।मन्त्रीसँगको भेटको केही पछि आईजीपी वन्तले दस्ताबेजसहित शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मी ढकाललाई घटनाबारे जानकारी दिएका थिए।

स्रोतका अनुसार सशस्त्रको ड्युटीमै रहे पनि एसएसबीले गोली हानेको घटना निकै बेरपछि मात्रै सशस्त्र प्रहरीले थाहा पाएको थियो।सीमामा सशस्त्र प्रहरीको उपस्थितिबारे जानकारी माग्दा सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले नेपाल-भारतबीचको संवेदनशील विषय भएको भन्दै गृहका प्रवक्तासँग बुझ्न आग्रह गरे।

स्रोतका अनुसार महानिरीक्षक वन्तले गृहमन्त्री बस्नेतसँग भने सीमा क्षेत्रमा नपुग सशस्त्र प्रहरी खटाउन निर्देशन भएमा आफू तयार रहेको बताएका थिए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget