अवैधरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गर्ने गाडीलाई प्रहरीले समात्न थाल्यो
काठमाडौं– नागढुङ्गास्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा पेट्रोलियम पदार्थ ओसारपसार गरी बढी मुल्यमा बिक्रीवितरण गर्ने बुधबार र बिहिबार २ दिनमा डिजेल, पेट्रोल, चालकसहित १३ वटा गाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी प्रतिलिटर ३ सय रुपैयाँमा पेट्रोल बिक्री गरीरहेको अवस्थामा मोरङ बुद्धनगर–८ का १९ वर्षीय अनिल राजवंशी र बिराटनगर उपमहानगरपालिका–१५ का ४६ वर्षीय प्रेम दाहाललाई काठमाडौं कोटेश्वरबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
ratopati
Post a Comment