मंसिर ११, २०७२- सप्तरीको भारदह–कोशी व्यारेज सडक खण्डमा बस पल्टिंदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आज विहान करिब ५ बजे बस पल्टिएको हो । पश्चिमबाट पूर्वतर्फ प्रहरीको स्कर्टिङमा गइरहेको ना ५ ख १६६४ नम्बर बसमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारपछि अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सुरेन्द्र खेरबारले जानकारी दिए ।
मृतकमध्ये धनुषा तुलसीपुर ७ की ९ वर्षीय निर्जला बस्नेतको सनाखत भएको छ । अर्का मृतकको साथबाट जीवनकुमार अधिकारीको नाममा रहेको एटीएम कार्ड भेटिएको छ । उनको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Post a Comment