सहयोग माग्दै कोइराला निवास पुगे महन्थ ठाकुर
काठमाडौँ– नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज भेटवार्ता गरी मधेस आन्दोलनका माग पूरा गर्नका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा अध्यक्ष ठाकुरले मधेसमा आन्दोलन भएको १०० दिन बित्दासमेत मागको सुनुवाइ नभएको भन्दै समस्या समाधान लागि गम्भीर हुन सभापति कोइरालालई आग्रह गरेका थिए ।
जवाफमा सभापति कोइरालाले लामो आन्दोलनका कारण देशको अवस्था अस्तव्यस्त भएको बताउँदै आन्दोलन फिर्ता लिएर वार्तामार्फत समाधान निकाल्न आग्रह गरेका थिए ।
उनले वार्ता र संवादका माध्यमबाट सबै समस्याको समाधान निकाल्ने बताउँदै मधेसवादी पार्टीले राखेका जायज माग पूरा गर्न पार्टीले सहयोग गर्ने बताएका थिए ।
भेटवार्तामा तमलोपाका नेता हृदयेश त्रिपाठीसमेत सहभागी थिए ।
ratopati
Post a Comment