मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने

मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने तराईको समस्या सुरक्षात्मक उपायबाट समाधान गर्दा द्वन्द्व झन् लम्बिने र त्यसलाई भारतले आफूअनुकूल प्रयोग गर्नसक्ने स्थिति छ ।

सुरक्षाकर्मीले बल प्रयोग गरे तराईबाट हजारौँ मधेसीले भारतमा गएर शरण माग्ने र परिस्थिति झन् जटिल हुने भारतीय विज्ञहरूको भनाइ छ । ‘त्यस्तो वेला मधेसका कारण बिहार, उत्तर प्रदेशलगायत नेपालको छिमेकी प्रान्तमा सुरक्षा खल्बलिए भारतले घोषित रूपमै नाका सिल गर्ने अवस्था हुनसक्छ,’ इन्स्टिच्युट फर स्टडिज एन्ड एनालाइसिस (आइडिएसए)का नेपाल मामिला अनुसन्धाता निहार नायकले नयाँ पत्रिकासँग भने, ‘मधेस शान्त नहुँदा हाम्रो सुरक्षा चासो थपिन्छ, मधेसको दीर्घकालीन शान्ति हाम्रो प्राथमिकता हो । तर, सुरक्षाजन्य तरिकाबाट मधेसमा शान्ति आउँछ भन्ने हामीलाई लाग्दैन, राजनीतिक समाधान खोजियो भने मात्रै यो सम्भव छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget