२०७२ मंसिर १२ गते
टोरोन्टो । नेपालमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा क्यानडामा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् । क्यानाडामा रहेका नेपालीले टाेरोन्टोमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् ।
एनआरएन क्यानाडाले आयोजना गरेको प्रदर्शनीमा नेपालमा जारी नाकाबन्दी बन्द गर, भूपरिबेष्टित देश नेपालको पारवहन अधिकारको सुनिश्चिचता गर, व्याक अफ इन्डिया लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
अभियन्ताहरुले पारबहन अधिकार नभई मानव अधिकारका बारेमा भारतलाई जानकारी गराउनुपर्ने, साथी, दाजुभाइको सम्बन्धको बारेमा जानकारी गराउन आवश्यक रहेको भन्दै स्वतन्त्र भएर रहन दिन माग गर्दै व्यानर बोकेका थिए ।
नेपाली झण्डा लिएर उल्लेख्य संख्यामा उपस्थित नेपालीले नेपालको समस्या अन्तराष्ट्रियकरण भएको अब समाधानका लागि सबैले भूमिका खेल्नुपर्ने बताएका थिए ।
विश्वको कुना कुनामा रहेका नेपालीहरुले नेपालमा भारतले गरेको नाकाबन्दीको विरोधमा प्रदर्शन गरेका छन् । नेपालीहरुले संयुक्त राष्ट्र संघको कार्यालयमा प्रदर्शन गर्नुका साथै नाकाबन्दीको समस्या तत्काल समाधान गर्न पहल गरिदिन राष्ट्र संघका महासचिव बानकी मुनलाई आग्रहसहितको ज्ञापनपत्र पनि बुझाएका थिए ।
अमेरिकामा रहेका नेपालीले ह्वाइट हाउस अगाडि प्रदर्शन गरेका थिए भने, कोरिया, बर्लिन, डेनमार्क जापान लगायतका देशमा पनि नेपालीहरु स्वतस्फूर्त भेला भएर भारतले गरेको नाकाबन्दी तत्काल फिर्ता लिएर भूपरिबेष्टित राष्ट्र नेपालको पारबहन अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
onlinekhaba
Post a Comment