सुत्नुभन्दा अगाडि भुलेर पनि यसो नगर्नुस्

निद्रा नलागेर के तपाईं कोल्टे फेरेर नै रात कटाउनु हुन्छ ? यदि रातभरी निदाउन सक्नुहुन्न भने यसले तपाईंको शरिरमा नकारात्मक असर पुर्याउन थाल्दछ । थोरै निन्द्राले तपाईंको तौल बढाउने गर्दछ भने तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि बिस्तारै कम बनाउँदै लान्छ ।
थाकेको र कमजोर शरिरले काम गर्न सक्दैन । यसले तपाईंको शरिरलाई मिठो निन्द्रा पनि दिन सक्दैन ।
1१. धेरै फ्याट भएको खानेकुरा नखानुहोस्ः
धेरै फ्याट भएको खानेकुराहरु तपाईंको पेटमा जम्मा भएर बस्ने गर्दछ । धेरै फ्याट भएको खानेकुरा पच्न समय लाग्ने हुँदा यसलाई सुत्ने समयमा सकभर नखाँदा नै राम्रो । फ्याट भएको खानेकुरा पचाउनलाई तपाईंको शरिरले धेरै शक्ति प्रदान गर्नुपर्छ । सुत्नुभन्दा अगाडि आइसक्रिम र फास्ट फुडहरु खाँदै नखानुहोस् ।
2२. स्क्रिन र मोनिटरमा नहेर्नुहोस्ः
धेरैजसो मानिसहरुलाई आफ्नो बेडमा बसेर मनपरेको टिभी सो र फिल्म हेर्न मनपराउँछन् । स्क्रिन र मोनिटरबाट आउने निलो प्रकाशले तपाईंको दिमागमा असर पुर्याउने गर्दछ । तपाईंको दिमागले आराम पाउँदैन र सुत्ने समय भएको कुरा पनि थाहा पाउन सक्दैन । जसकारण तपाईंलाई राम्रोसँग निन्द्रा लाग्दैन । यसको सट्टा किताब पढ्नुहोस् । यसले तपाईंको दिमागलाई आराम राख्न मद्दत गर्छ भने तपाईंको सपनालाई सहि दिशा दिन मद्दत गर्दछ ।
3३. कार्डियो लोडः
जिममा जानु र व्यायाम गर्नु शरिरको लागि राम्रो हो तर सुत्नुभन्दा अघि होइन । जिम जाँदा तपाईंको मुटुको धड्कन तेज भइरहेको हुन्छ र यसलाई शान्त हुन समय लाग्छ जसका कारण तपाईंलाई निन्द्रा लाग्दैन । सुत्नुभन्दा तीन घण्टा अघि जिमको कामहरु सिद्धाउनुहोस् । बेलुकीको समयमा प्रायः गाह्रो र लामो वर्कआउट नगर्दा नै राम्रो ।
4४. ढिलासम्म काम :
यदि अर्को बिहान तपाईंको मिटिङ छ वा एकहप्तासम्मको लागि थुप्रै काम सिद्धाउनुपर्ने छ भने आफ्नो कामहरुको योजना निकै चाँडैदेखि बनाउन सुरु गर्नुहोस् । सुत्ने समयसम्म काम नगर्नुहोस् । आफूले गर्नुपर्ने कामहरु गर्नुहोस् तर सुत्नुभन्दा अघि दिमागलाई पनि केहि आराम दिनुहोस् । एकछिन आराम पछि तपाईं मज्जाले निदाउन सक्नुहुन्छ ।
5५. क्याफेनः
क्याफेनले तपाईंलाई खुसी बनाउँछ । यो कफी, चिया र चकलेटमा पनि पाइने गरिन्छ । रक्सीजन्य पदार्थले पनि हाम्रो शरिरको यस्तो प्रभाव पार्ने गर्दछ । यस्ता सबै पेय पदार्थले तपाईंलाई उत्साहित बनाउने गर्दछ । हुन त तपाईंको शरिरले क्याफेनलाई कतिसम्म सहन सक्छ त्यसमा पनि भर पर्दछ । सुत्नुभन्दा केहि घण्टा अगाडि क्याफेनयुक्त पेय पदार्थको सेवन नगर्नुहोस् । शरिरलाई आराम र शान्त पार्ने बेलामामात्र शरिरलाई क्याफेनको आवश्यकता पर्ने गर्दछ ।
6६. भावनात्मक रुपमा उत्साहितः
सुत्नुभन्दा अघि भावनात्मक रुपमा उत्साहित हुनाले तपाईंलाई कदापि पनि निन्द्रा लाग्दैन । बेलुकीको समयमा भावनात्मक फिल्महरु नहेर्नुहोस् । फिल्महरुभन्दा नोभल पढ्नुहोस् अथवा तातो पानीले नुहाउनुहोस् वा हर्बल टी पिउनुहोस् । यसले तपाईंलाई मिठो निन्द्राको लागि सहयोग गर्दछ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget