जर्बजस्ती करणी होइन भनेपछि ...

बुधबार, पौष ३०,
अघिपछि जस्तै मंगलबार पनि कास्की जिल्ला अदालतमा विभिन्न मुद्दाका वादी प्रतिवादीहरु फैसला वा आदेशको प्रतीक्षामा थिए ।

उनीहरुकै बीचबाट एक जोडी युवायुपवती हातमा माला लिएर उभिए । अदालतका कर्मचारी, कानुन व्यवसायी, सर्वसाधारण र संचारकर्मीको भीड लाग्यो । पण्डित बेदनिधि तिमिसिल्नाले आदेश दिए, केटाकेटीले एक अर्कालाई माला लगाइदिनुपर्यो । न विवाह मन्डप थियो नता दुलहादुलही वैवाहिक पहिरनमा, जन्ती र माइतीपक्ष पनि थिएनन ।

१८ वर्षीया अल्सना रानामगर र २३ वर्षीय प्रदीप भुसालले आदेश माने । त्यसपछि प्रदीपले अल्सनालाई सिन्दुर लगाइदिए । गलामा पोते र हातमा चुरा पनि । सबैले तालि बजाए । बिहे सकियो । भीडमा सुनियो, ‘साँचो प्रेम भनेको यस्तो पो ।’

पर्वत शंकरपोखरी ७ का प्रदीप र पवर्तकै अल्सनाको दोश्रो विहेको दृश्य हो यो । भएछ के भने २ वर्षअघिदेखि प्रेम गर्दै आएका उनीहरुले गत असोज १९ मा पोखराको तालबाराहीमा बिहे गरेछन् । २ रात पोखरामा नै बसेर अल्सनालाई घर भित्रयाउन लैजाने क्रममा बाटोबाटै माइतीले समातेर दुलहालाई प्रहरीकहाँ बुझाएछन् ।

अल्सनालाई भने घर लिएर गएछन् । युवतीका आफन्तले प्रदीपलाई जर्वजस्ती करणी गरेको अभियोग लगाएका थिए । तर अदालतले जर्बजस्ती गरेको नठहरेको आदेश सुनाएपछि उनीहरुले विहे गरेका हुन् । यो समाचार कान्तिपुरले छापेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget