होटलमा युवती राखेर मालामाल बन्न खोज्दा…

झापा १४ माघ । होटलमा युवती राखेर रातारात मालामाल हुने सपना देखेका विर्तामोडका होटल सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय विपिन कोइराला र उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । उनीहरूसँगै प्रहरीले अन्य तीन युवतीलाई समेत बुधबार नियन्त्रणमा लिएको छ ।

विगत लामो समयदेखि उनीहरुको होटलमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए । पक्राउ परेकामध्ये होटल सञ्चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget