माघ १०– सिरहामा एक युवकले आमालाई छुरा हानेर उनकै छोरी लिएर फरार भएका छन् ।सिरहाको गोलबजार नपा–६का ३५ वर्षिय महेन्द्र साहले स्थानीय गोबर्धन साहकी श्रीमती मिनादेवीलाई छुरा प्रहार गरी १५ वर्षिया छोरी ममतालाई लिएर ३५ फरार भएका हुन् ।
शुक्रबार राती छुरा प्रहारबाट घाइते भएकी मिनादेवीको गोलबजारमै प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको छ । उनको गालामा धारिलो हतियारले प्रहार गरेको चोट रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
गोबर्धन र महेन्द्रले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र गोबर्धनकी छोरी ममताबीच प्रेम सम्वन्ध रहेको स्थानीयबासिन्दाले बताएका छन् । छोरी दिन नमान्दा उनले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
महेन्द्रको पहिला पनि विवाह भईसकेको छ । उनको छोराछोरी समेत छन् । ममतालाई लिएर फरार भएको महेन्द्रको खोजी भैरहेको प्रहरीले जनाएको छ ।source osnepal.
Post a Comment