प्रचण्डको मोर्चाले संविधानसभामा आज पनि भिडन्त गर्ने

९ माघ, काठमाडौं ।

माघ ८ मा संबिधान जारी गर्न असफल भएपछि पनि सत्तारुढ पक्ष प्रक्रियामा अघि बढ्न खोजेको भन्दै एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आज पनि संविधानसभामा नारावाजी गर्ने भएको छ ।



एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको मोर्चाको बैठकमा यसअघिका सहमतिको प्रयास सफल नभए सम्म संबिधानसभा बैठकमा नारावाजी कायम राख्ने निर्णय गरेको हो ।


बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले हिजो राखेको सहमतिको प्रस्तावका विषयमा पनि छलफल भएको थियो ।

शासकीय स्वरुपमा आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने गच्छदारको प्रस्ताव एमाओवादीले अस्वीकार गरेपछि हिजो सहमति हुन सकेको थिएन ।

मोर्चाको निर्णय मोर्चागतरुपमा नै अघि बढाउने ब्यक्तिगत प्रस्ताव नलैजाने सहमति पनि भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget