मल्लिका भन्छिन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई विदेशमन्त्री बनाएर त हेरुन्,’


 January 29, 2015



एजेन्सी/ बलिउड अभिनेत्री मल्लिका सेरावतले राजनीतिमा आउने चाहना व्यक्त गरेकी छिन् । राजनीतिमा प्रवेश गर्नुअघि उनको माग पनि चानचुने भने छैन् । उनले विदेशमन्त्री दिने पक्का भए राजनीतिमा आफू आउन इच्छुक रहेको बताएकी छन् । आफूमा भारत र अन्य राष्ट्रबीचको सम्बन्ध राम्रो बनाउने क्षमता रहेको पनि उनको दाबी छ ।

चलचित्र ‘डर्टी पोलिटिक्स’ को संगीत सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएकी हुन् । यो चलचित्र राजनीतिक विषयवस्तुमा आधारित छ ।
यसै सन्दर्भमा पत्रकारले मल्लिकालाई राजनीतिमा संलग्नताको बारेमा प्रश्न गरेका थिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई विदेशमन्त्री बनाएर त हेरुन्,’ प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘म भारतका सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन सक्छु ।’
आजको अन्नपूर्ण लेख्छ– प्रियंका चोपडाको चलचित्र ‘म्याडमजी’ र उनको ‘डर्टी पोलिटिक्स’ एकैसाथ आएपनि कुनै फरक नपर्ने उनको भनाइ छ । जुन चलचित्र राम्रो छ, त्यसैलाई दर्शकले मन पराउने उनले बताएकी छिन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget