शान्तिसम्झौतामा तरबार चलाइयो, प्रतिक्रान्ति भयो : प्रचण्ड..

काठमाण्डु, ११ माघ– संविधानसभाको आइतबारको बैठकबाट बहुमतीय प्रक्रिया सुरु भएपछि विपक्षीले त्यसलाई प्रतिक्रान्तिको संज्ञा दिएको छ । आक्रोशित मुद्रामा देखिएका प्रचण्डले आजको घटनालाई ‘महाभूल’ भनेका छन् ।


आजै १९ दलको बैठक सिंहदरबारमा बस्दैछ । उनले भने, ‘यो नेपालको इतिहासमा महाभूल हो । अध्यक्ष एउटा पार्टीको प्रवक्ता भएका छन् । संविधानसभाको औचित्यमाथि प्रश्न उठाउने काम भएको छ ।’
प्रचण्डले आजको घटनालाई प्रतिक्रान्ति र प्रतिगमनतिरको यात्रा भनेका छन् । उनले सभाध्यक्षलाई कलंकको टीका लगाएको भनेका छन् ।

प्रचण्डले सामन्त, दलाल र अभिजात वर्गविरुद्ध नेपाली जनतालाई अपिल गर्ने र प्रतिक्रान्तिकारी हर्कतविरुद्ध आन्दोलनमा जाने उद्घोष पनि गरेका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget