बलात्कार र यौनहिंसा गर्ने केटाको उपचार अब ‘लिपस्टीक’बाट

भारतीय एक युवतीले महिलालाई बलात्कार र यौनहिंसाबाट बचाउन बिशेष प्रकारको लिपस्टीक बनाएकी छन् ।
धार्मिक नगरी काशीकी रोमाले तयार पारेको लिपस्टीकले छेडखानी र जिस्काउने घटनाबाट जोगाउने बताएकी छन् ।

रोमाकाअनुसार २२० भोल्टको करेन्टको झट्का लाग्ने छ । रोमाको यो आविष्कारले महिलाको मनोबल उच्च बनाउनु साथै हतियार बनेकोमा महिलाहरुले खुसी व्यक्त गरेका छन् ।
पान विक्रेता राम चौरसीयाकी छोरी रोमाले बनाएको सो लिपस्टीकले महिलाको लागि चार चाँद लगाउनुका साथै गलत मानसिकता भएका केटाहरुलाई सबक सिकाउने अनुमान गरिएको छ ।
कम्प्युटर साइन्सको विद्यार्थी रोमाले सो लिपस्टीकमा एक डिभाइस जोडेको बताएकी छन् । ग्लोबल पोजिसनिङग सिस्टम(जिपिएस) ट्रयाकरको मद्धतले घटना भएको स्थान पत्ता लगाउन सहज हुने छ ।
केटाहरुले महिलालाई जिस्काउन र हैरानी दिन थालेपछि लिपस्टीकमा रहेको स्वीच दबाएपछि २२० भोल्टको झट्का लाग्नेछ ।
रोमाको अनुसार सो लिपस्टीक सामान्य सर्किटको मद्धतबाट बनाएको जनाएकी छन् ।
source:nepal sandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget