एउटा देशमा एउटै स्वभाव, व्यक्तित्व, मनोभावना, रुपरंग भएका पुरुषहरु नहुने र महिलाहरुको रोजाइ पनि एउटै नहुने भएकाले कुन देशका पुरुषहरुलाई महिलाले बढि मन पराउँछन् भन्ने कुराको अड्कल काट्न गाह्रो हुन्छ । हालै भएको एक सर्भेक्षणले भने यो युरोपको कुन देशका पुरुषहरुलाई महिलाले प्रेमको लागि लायक ठान्छन् अर्थात् कुन देशका पुरुषहरु उत्तम प्रेमी हुन् ? भन्ने कुराको उत्तर खोजिदिएकेा छ ।
विवाह इतरको सम्बन्धको चाँजोपाँजो मिलाइदिने एक वेबसाइट ले गरेको सर्भेक्षणले फ्रान्सका पुरुषहरु प्रेमका लागि महिलाहरुको पहिलो रोजाइमा परेका छन् । अर्थात् युरोपका अन्य देशको पुरुषहरुको तुलनामा समग्रमा फ्रेन्च पुरुषहरु सबैभन्दा बढि प्रेम गर्न लायक हुन्छन् ।वेबसाइट प्रयोग गर्ने झण्डै १० हजार महिलाहरुमा गरिएको सर्भेक्षणका क्रममा हरेक सहभागी महिलालाई युरोपका हरेक देशका पुरुषहरुका प्रेम तथा यौन सम्बन्धि विभिन्न मामिलाका सम्बन्धमा मत दिन लगाइएको थियो । त्यसक्रममा युरोपेली पुरुषहरुको हँसिलो स्वभाव, व्यक्तित्व, रोमान्टिक छवि, सक्रियता तथा स्टामिना जस्ता मापदण्डहरुका आधारमा मूल्यांकन गराइयो ।
१० हजार महिलाहरुको मूल्यांकनबाट फ्रेन्च पुरुषहरु सबैभन्दा उत्तम, लायक तथा इमान्दार र सेक्सी ठहरिए । महिलाहरुको दोश्रो रोजाइमा स्पेनिस र स्विडेनका पुरुषहरु संयुक्त रुपमा छनोटमा परे ।तेश्रो स्थान भने पोर्चुगलका पुरुषहरुले कब्जा गर्न सफल भए । चौथो स्थानमा इटालियन पुरुषहरु परे भने पाँचौँ रोजाइमा संयुक्त रुपमा बि्रटिस, जर्मन र डेनिस पुरुषहरु पर्न सफल भए ।नेदरल्याण्ड तथा नर्वेका पुरुषहरु प्रेमको लागि लायकको सूचिमा छैटौँ स्थानमा परे । फिनल्याण्डका पुरुषहरु भने सातौँ स्थानमा परेका छन् ।
Post a Comment