परस्त्रीसँग लाग्ने पतिको लिङ्ग पत्निले काटिदिइन् (तस्विर सहित)

एजेन्सी ।

चीनको हेनान प्रान्तस्थित एक शहरमा एक महिलाले परस्त्रीसँग सम्बन्ध राखेको रिसमा आफ्ना श्रीमानको लिङ्ग काटिदिएकी छिन् । उनले एक पटक लिङ्ग काटेपछि अस्पतालमा उपचार गराएर फर्किएका श्रीमानको अर्को पटक पनि लिङ्ग छिनाइदिएको डेली मेलले जनाएको छ ।


३२ वर्षका आफ्ना पति फान लुङले आफ्नै मोबाइलबाट प्रेमिकालाई मेसेज पठाएको चाल पाएपाएपछि ३० वर्षकी फेङ लुङले पतिको लिङ्ग च्वाट्टै काटिदिएकी थिइन् ।

पति सुतेको अवस्थामा श्रीमानको लिङ्ग काटिदिएकी उनले एक पटक होइन २ पटक सम्म यस्तो गरेको समाचारमा जनाइएको छ ।

पतिको लिङ्ग काट्ने ती महिलालाई अदालतले जेल सजाय सुनाएको छ ।


५ वर्षका सन्तानका बाबु समेत रहेका फानले आफ्नै पत्निको मोबाइलबाट २१ वर्षकी जहाङ हुङलाई प्रेमिल सन्देश पठाएका थिए ।


पतिले आफ्नै फोनको दुरुपयोग गरेर यस्तो हर्कत गरेको चाल पाएकी उनले सुतेको अवस्थामा लिङ्ग नै काटिदिइन् ।

समाचारमा जनाइए अनुसार पत्निले लिङ्ग काटेपछि हतार हतार अस्पताल पुर्‍याइएका फानको लिङ्ग चिकित्सकले जोड्न सफल भए तर जोडिएको लिङ्ग फेङले पुनः काटेर झ्यालबाट फ्याँकिदिइन् ।


विरामीको अपरेशन गरेको ठाउँमा पति पत्नि झगडा गरेको देखेपछि अस्पतालका नर्सहरु पुगे तर फेनले पतिको लिङ्ग काटेर फालिसकेकी थिइन् ।

फानको लिङ्ग चिकित्सकहरुले पुनः जोडिदिएको बताइएको छ । फानकी प्रेमिकाले अस्पताल पुगेर अव आफूले फानसँगै विहे गर्ने बताएकी छिन् भने पत्नि फेनलाई प्रहरीले अदालत पुर्‍याएपछि जेल सजाय सुनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget