बन्दकर्ताको बर्बरता, व्यपारीले टाउको फुटाए

झापा । ३० दलिय मोर्चाले गरेका बन्दको बिभिन्न स्थानमा प्रतिकार भइरहेको छ ।
झापामा बन्दकर्ता र बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरु बिच झडप भएको छ । झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ ।
झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुदा बन्दाकर्ता घाइते भएका हुन् ।
झडपमा सिन्हा लगायत अन्य दुईजना सामान्य घाइते भएको मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए ।
व्यपारीहरुले बन्दले गर्दा आफ्नो व्यवसाय धरापमा परेको जनजीवन कष्टकर भएको भन्दै बिरोधमा उत्रेको जनाएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget