ठुलोबाबु र दाईले छुरी देखाउँदै गरे पालैपालो बलात्कार

झापा । ‘म १० वर्षकी हुँदा मेरो बुबाआमाले मलाई ठूलो बुबाको घरमा पढ्न छोड्नु भयो। उहाँको घरमा बस्दा आफ्नै जस्तो ठानेर काम पनि गर्थे र पढाइ पनि। एक दिन ठूलो बाबाले मेरो लुगा खोलेर संवेदनशील स्थानमा हात लगाउनुभयो यो क्रम बढ्दै गयो कसैलाई भने मारदिन्छु भन्नुभयो ।
विसं २०७१ वैशाखदेखि ठूलो बाबाको छोरा दाइले पनि त्यस्तै गर्न थाल्नुभयो, भाउजुलाई भन्दिन्छु भन्दा छुरी देखाई तर्साउनुहुन्थ्यो । कहिलेकाहीँ दाइ र बुबाको अत्याचार पालैपालो सहँदा म बेहोस हुन्थेँ ।’

जिल्ला प्रहरी कार्यालय झापामा एक १४ वर्षीय बालिकाले दिएको निवेदन ब्यहोरा हो यो। झापा भद्रपुर– १० का भेषराज पोखरेल र उनका छोरा खेम पोखरेलले विगत तीन वर्षदेखि आफ्नै घरमा बस्ने १३ वर्षीया बालिकाको यौन शोषण गर्दै आएको घटना सार्वजनिक भएको छ।
६ मा अध्ययनरत ती बालिका विद्यालयमा बेहोस भएपछि साथीलाई सबै कुरा बताएकी थिइन्, विद्यार्थीले शिक्षिकालाई बताए।

विद्यालय प्रशासनले साना हात नामक संस्थामार्फत मुद्दा दर्ता गराएको छ। घटनामा संलग्न भेषराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। छोरा खेम पोखरेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आजको नागरिकमा समाचार छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget