पूर्व राष्ट्रपतिको घरमा नाकाबन्दीको असरः दाउरा बालेर पुरी पकाउँछीन यावद पुत्री

काठमाडौँ, १० मंसिर । भारतले गरेको अघोषिकका कारण सृजना भएको इन्धन अभावले पूर्व राष्ट्रपतिको घरलाई पनि निकै प्रभाव पारेको छ ।


ग्याँसको अभावसँगै पूर्व राष्ट्रपति पुत्री अनिता यादवले दाउरा बालेर पुरी पकाउँदै गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा लेखेकि छिन् ‘दाउरा बालेर चुलोमा पुरी पकाउदै । हामी पनि सर्ब साधारण नेपाली हौँ । नाकाबंधी ले हामी लाई पनि असर पारेको छ। बाहिर हो–हल्ला होला निवर्तमान राष्ट्रपति को परिवार लाई त12305785_1007030869320126_662138673_n के को नाकाबंधी ? तर वास्तविकता तस्बिर ले प्रस्ट देखाउछ । आजकल चिरफार नगरी वास्तविकता बाहिर आउदैन र सत्य लुकाएर लुक्दैन र लुकाउन पनि हुदैन । यो हाम्रो मात्र नभएर सम्पूर्ण नेपाली को वास्तविकता हो । बाँस जति जति अग्लो हुन्छ त्यति भुइमा छुन खोज्छ । हामी लाइ नचाहिने कुरा मा बडप्पन र घमण्ड कहिले भएन। मानिस ठुलो कर्मले नै हुन्छ । म मधेसमै जन्मे हुर्के पनि बुवा ले नेपाली संस्कार र संस्कृति सिकाउन कुनै कसर बाँकि राख्नु भएन । हामी नेपाली संग सुधारिएको चुलो त छ त्यस का साथै सुन्दर, सुधारिएको स्वीकारयोग्य विचार भए सुन मा सुगन्ध हुने थियो । माफ गर्नु होला यसपाली पुरी शेयर गर्ने सकिएन (थोरै पकाएको थिएँ खाएर सकियो) तर मेरो विचार मन परे मित्र हरु र परिवार संग शेयर गरि दिए आभारी हुने थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget