यसबर्षबाट एसएलसी दिने सबै पास !

यसबर्षको एसएलसी परिक्षामा विद्यार्थी फेल नहुने भएका छन् । सरकारुले यो बर्षदेखि एसएलसी परिक्षामा ग्रेडिङ प्रणाली लागु गर्ने भएपछि अनुत्तिर्ण निर्धारण गर्न मंगलबार बसेको बैठकले ग्रेडिङ निर्धारण गर्न तत्काल कार्यविधी बनाउने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले गत साल २०७१ को एसएलसी प्राविधिक विषयमा ग्रेडिङ प्रणाली लागु गरेको थियो । यो बर्षदेखि साधारणतर्फ ग्रेडिङ गर्ने विषयमा निर्णय हुने काम अन्तिम चरणमा रहेको परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए ।

‘यो बर्षदेखि एसएलसी परिक्षाको परिक्षाफल ग्रेडिङ प्रणालीबाट हुने निश्चित भइसकेको छ । अब कार्यविधी बनाएर राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदमा लैजाने तयारी गरेका छौँ।’ उनले भने ।

उनले अबको परिक्षामा फेल शब्द नराखेर लब्धांकपत्रमा एभरेज वा बिलो एभरेज राख्ने तयारी भइरहेको जानकारी दिए ।   कार्यविधि निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलको संयोजकत्वमा समिती गठन गरिएको छ।

‘हामीले केही दिनमै कार्यविधि तयार गरी निर्णयार्थ पेश गर्ने योजना बनाएका छौँ’ उनले भने । परिक्षा नियन्त्रक द्धारेले ग्रेडिङ प्रणालीमा लैजाने विषयमा अन्तिम तयारी भइरहेको जानकारी दिए ।

परिक्षणका रुपमा प्राविधिक विषयमा ए प्लस, ए, बि, सी, डी, र ई गरी छ तहमा ग्रेडिङ गरिरहेको थियो । अब सो तहलाई नौ तहमा पुर्याउने योजना गरिएको छ। नेपाल समाचार पत्रमा खबर छ ।
news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget