काठमाडौं । भारतको बिहार राज्यका मुख्य मन्त्री नीतिशकुमारले भारतको केन्द सरकारले नेपालमा लगाएको नाकाबन्दी खोल्न आफुले विशेष पहल गर्ने बताएका छन् ।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगको टेलिफोन वार्ताका क्रममा नीतिशकुमारले नाकाबन्दी खोल्न आफुले विशेष पहल गर्ने बताए ।
उनले मोदी सरकारले नेपाली जनतामाथि अन्याय गरेको जानकारी पाउँदा पनि आफु चुनावि दौडमा लागेकाले पहल गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अव नाका खुलाउन सहयोग गर्ने बताएका हुन् ।
बिहार राज्यमा मोदीको भारतीय जनता पार्टीलाई नराम्रोसँग हराएको महागठबन्धनका तर्फबाट उनी पुन मुख्यमन्त्री बन्दैछन् । नेपालका अधिकांश नाका बिहारसँग जोडिएका छन् ।
नीतिश यस अघि चुनावि सभाहरुमा पनि नेपालमाथि लगाइएको नाकाबन्दी मोदीको फासीवादी चरित्रको नांगो प्रहार भएको बताउँदै आएका थिए ।
npkhabar
Post a Comment