नेपालीलाई गोली हान्ने एसएसबीलाई कारबाही गर्न परराष्ट्रको आग्रह

काठमाडौँ: भारतीय सीमा सुरक्षा बल एसएसबी नेपालको सीमा क्षेत्रमा प्रवेश गरी बुधबार सुनसरीको हरिहरपुर गाविसमा गोली प्रहार गर्दा चार जना नेपाली घाइते भएको घटनाको तुरुन्त अनुसन्धान गर्न र घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न परराष्ट्र मन्त्रालयले भारत सरकारसँग आग्रह गरेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सो घटनाबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धानबारे नेपाली पक्षलाई समेत जानकारी गराउन र आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन मन्त्रालयले भारतको ध्यानाकर्षण गराएको छ ।


घटनामा एसएसबीको टोली नेपाल–भारत सीमाक्षेत्रको दशगजा क्षेत्रबाट नेपालतर्फको १०० मिटरभित्र प्रवेश गरी गोली प्रहार गर्दा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको उल्लेख छ ।

मन्त्रायलयले नेपालस्थित भारतीय दूतावासमार्फत यस घटनाबारे बुधबार नै भारत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिँदै हतियारसहितका एसएसबी नेपाल प्रवेश गरी निशस्त्र नागरिकमाथि गोली प्रहार भएको जनाएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget