ओलीले भने,‘वामपन्थी शक्ति नमिली हुँदैन’

काठमाडौँ,फागुन २१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थी दलहरु एकजुट हुनुपर्ने बताएका छन् । विपक्षी दलहरुप्रति निकै नै आक्रामक रुपमा प्रस्तुत हुँदै आएका ओलीले बिहीबार वामपन्थी दलहरुबीचको सहकार्यमा जोड दिएका हुन् ।
‘देशमा छरिएका वामपन्थी शक्तिहरुबीच एकजुट हुनुपर्छ,’ ओलीले पार्टीप्रति निष्ठावान भई देश र जनताको सेवा गर्न आग्रह गर्दै भने । ओलीले सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भइरहेको छ बताउँदै सहमतिमा संविधान बन्न नसके प्रक्रियामै गएर भए पनि संविधान जारी गरेरै छाड्ने बताए । सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने ओलीको तर्क थियो । ‘सहमति हुन नसकेमा प्रक्रियामा गएर पनि संविधान जारी गरी देशलाई अन्योलबाट मुक्त गर्नुपर्छ”,ओलीले भने । यसैबीच एमालेले नेकपा (एमाले) केन्द्रीय कमिटीका थप वैकल्पिक सदस्यलाई आज सपथ गराएको छ । पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा मङ्गलबार आठ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो । एमाले केन्द्रीय समितिमा अब १८० पुगेका छन् । यहाँ आज आयोजित कार्यक्रममा वैकल्पिक सदस्य खगेन्द्र चुँडाल, देवशङ्कर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई सपथ गराएइको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget