चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ

नयाँ दिल्ली, फागुन २९ – निकै चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले पक्राउ गरेको छ । गीताले आफ्नो कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोप लागेको छ । मोटरसाइकलमा सवार मानिसको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
खबरका अनुसार घटना वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको बताइएको छ । आफ्नो कारमा भएकी गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् ।   मोटरसाइकलमा सवार निसार नुरमोहम्मद (३७) लाई भारतको कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । घटनापछि उनलाई पक्राउ गरि कोर्टमा पेश गरिएको छ जहाँ उनलाई जमानतमा रिहा गरिएको छ । स्रोतः टाइम्स अफ इण्डिया

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget