होली खेल्ने क्रममा ट्रकको ठक्करबाट मुग्लिनका वर्ष २८ का सुरेस गुरुङको मृत्यु भएको छ । कुरिनटार बाट होली खेलेर घर फर्कने क्रममा ना ६ प ६५०६ नम्बरको मोटरसाइकललाई मुग्लिन नजिकै सिमलधारामा काठमाण्डौ जादै गरेको ना ५ ख ४४२१ नम्बरको ट्रकले ठक्कर दिदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिई ट्रक भागेको र प्रहरीको सक्रियतामा उक्त ट्रक र चालकलाई कुरिनटारबाट पक्राउ गरिएको छ ।
मृतकका आफन्तले क्षतिपुर्तीमाग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् ।
Post a Comment