नवजात शिशु मृत अबस्थामा फेला

दाङ,फागुन २७ : दाङको तुलसीपुर–९ दोघरे स्थित पातुखोला नजिकै बुधबार एक नवजात शिशुको शव फेला परेको छ । पोलीथीनमा हालेर फालिएको अवस्थामा ती नवजात शिशुको शव प्रहरीले फेला पारेको हो ।

नवजात शिशु फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायबउपरीक्षक चक्रराज जोशीले जानकारी दिए । अवैध सम्बन्धका कारण शिशु जन्मिएकाले घटना लुकाउन शिशुको हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । यसअघि पनि विभिन्न समयमा पातुलखोला र आसपासमा क्षेत्रमा नवजाति शिशु मृत अबस्थामा फेला पर्दै आइरहेका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget