चरी काण्डपछि सेलाएका ‘डन’हरु फेरि सल्बलाउँदै

काठमाडौं । चर्चित गुण्डा नाइके चरीको हत्या पछि गुमनाम बनेका राजधानीका गुण्डा नाइकेहरु फेरी सलबलाउन थालेका छन् ।


गुण्डा नाइकेहरुले आफ्ना सहयोगी र समुहका अन्य सदस्यहरु मार्फत् चलखेल सुरु गरेपछि व्यावसायीहरु त्रसित भएका छन् । उनीहरुले स्थानिय प्रशासनमा उजुरी समेत गरीसकेका छन् ।

ठेक्का पट्टा लगायतका निर्माण क्षेत्रका काममा गुण्डा नाइकेहरुले चलखेल सुरु गरेका हुन् । उनीहरुले ठेकेदारलाई तर्साउने र हप्ता असुली गर्ने काम पुनः थालेको भन्दै निर्माण व्यावसायीले उनीहरुका विरुद्ध उजुरी हालेका छन् ।

उनीहरुले ठेक्काको टेण्डरमा अबरोध गर्ने देखि अबैध ढुकुटी सञ्चालन गर्ने सम्मका गतिविधिमा सक्रियता बढाएका हुन् । चरी हत्याकाण्डपछि गुण्डाहरु गुमनाम थिए ।
यो काण्ड सेलाउँदै जाँदा उनीहरुको सक्रियता बढेकाले प्रहरीलाई पनि उनीहरुको गतिविधि रोक्न हम्मे हम्मे परिरहेको छ । गुण्डा नाइकेहरुले राजनीतिक दलको कार्यकर्ताका रुपमा समेत काम गरिरहेकाले उनीहरुका विरुद्धमा कारबाही थाल्न प्हरीलाई राजनीतिक अबरोध छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget