को सँग अलग्गिन सक्दिनन् नायिका केकी अधिकारी

बुधबार, फाल्गुण २७,

पछिल्लो समयकी चल्तिकी नायिका केकै अधिकारीले आँफू सामान्य मानिस भएको बताएकी छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गर्दै चल्तिकी नायिका हुनु भनेको समाजबाट अलग्निु नभएको बताएकी हुन ।  उनले फेसबुकमा लेखेकी छन् ‘केहि दिन अघि एकजना दाईले ‘‘तिमी सेलिब्रेटी भईसक्यौ सानोतिनो गशिपहरु पचाउनु पर्छ” भन्नुभयो ।
शायद आदरणीय दाईले भन्नुभएको कुरा धेरै अर्थमा साँचो पनि होला । तर मेरो लागि सेलिब्रेटी हुनु समाज र संस्कारसँग नितान्त अलग्गिनु पक्कै पनि होईन । म अझैपनि आफुलाई सामान्य मानिस नै ठान्छु । म आज पनि मेरो बुवा र आमाको त्यहि छोरी हुँ । स्कूल र कलेजमा सँगै पढेका मेरा साथीहरुको त्यहि संगिनी हुँ । अरुले जस्तै म सवारी साधनको रुपमा स्कुटर चढ्छु । परिवार वा साथीहरु सँग बाहिर खाना खानजाँदा अरु जाने जस्तै फास्टफुडमा जान्छु । कामको सिलसिलामा घर बाट टाढा हुँदा हरेक बिहान र बेलुकी मेरी आमा सँग फोनमा लामो कुरा गर्छु । सपनाहरु देख्छु र तीनै सपनाहरुलाई बाँच्ने कोशिश गर्छु । हो, चलचित्र क्षेत्रको नायिका हुँ तर जीवनका यी यथार्थहरु मेरो लागि बदलिएका छैनन् न त बदलिने नै छन् ।’


उनले चलचित्र क्षेत्रमा लागेर सुख दुःखमा साथ दिने थुप्रै साथीसंगी र प्रशंसकहरु कमाएको पनि उल्लेख गरेकी छन् । आफूलाई भाग्यमानी ठान्ने अधिकारीले आफू सामान्य मान्छे भन्दा फरक नभएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन् । ‘सदासर्वदा तपाईहरुको साथीसंगी, दिदि–बहिनी नै रहने छु र त्यसैमा गर्व गर्ने छु । नेपालका धेरै गाँउ र शहरहरुमा जाँदा होस् वा बिदेशी भूमिमा जाँदा होस्, धेरै नेपाली दाजुभाई दिदिबहिनीहरुबाट अथाह स्नेह र सद्भाव पाएकि छु । त्यसैले पनि होला म तपाईहरु भन्दा फरक हुनै सक्दिन । तपाईहरु सँग अलग्गिन पनि सक्दिन । साँच्चै भन्नुपर्दा, सेलिब्रेटी हुँ कि होईन पनि थाहा छैन तर अन्तरमन बाट नै यो देशको छोरीहुन पाएकोमा एकदम गर्व गर्छु ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget