उनी कुनै पुरुषसंग अंगालो मारेर सुतिरहेको देखें

-कथा
फागुन २७ गते
झमक्क साँझ पर्न थालिसकेको छ । अस्ताउनै लागेको घामको किरण पारी सेतो हिमालमा परेको दृश्य ज्यादै मनमोहक छ । जिन्दगीका आरोह–अवरोहका बीच ५० औं वसन्त पार गरिरहँदा जिन्दगीप्रति गुनासोका पोकाहरु प्रशस्त हुँदाहुँदैं बाँच्नुको विकल्प नै रहेनछ र त बाँचिरहेछु । हिजोसम्म संसार नै आफ्नो ठानी अनवरत संघर्ष गर्ने मान्छेलाई आज आफ्नै घरको भ¥याङ पनि डरलाग्दो पहाड बनेको छ । मानिसलाई ढाँटिरहेको छु, चोट लागेर मेरो दुवै खुट्टा नचलेको हो भनेर । तर आफूले आफैंलाई ढाँट्न नसकिँदोरहेछ, र त त्यो रातको सम्झनाले सधैं पोलिरहन्छ ।
विवाह गरेको वर्षौ भइसकेको थियो, सामान्य पारिवारिक खटपटबाहेक अन्य केही ठूलो पारिवारिक झगडा थिएन । परिवार सानो, सुखी र खुशी थियो । कहिलेकाहीँ छोराकै कारणले उनी र मेरोबीच विवाद भएपनि खासै ठूलो रुप लिँदैंनथ्यो । मेरो अफिस नियमित रुपमा चलिरहन्थ्यो । पढेलेखेकी भएपनि उनलाई घरमै बस्न मन पथ्र्यो र उनी आफनै दैनिक जीवनमा खुशी थिइन् । प्रेम सम्बन्धलाई पछि विवाहमा परिणत गरेको दिन उनी र म संसार नै जितेसरह खुशी भएका थियौं र त्यो क्रम जारी रह्यो । छिमेकीहरु हाम्रो परिवार र माया देखेर डाहाको आँखाले हेरिरहन्थे ।
एकदिन अफिसको कामले गर्दा घरमा आउन ढिला हुन्छ भनेर उनलाई जानकारी दिइसकेको थिएँ र कहिलकाही ढिला हुँदा अफिसमा नै सुत्ने गर्दथें । तर, त्यो दिन राती भए पनि घर जान मन लाग्यो र गएँ । बाहिरको गेट खुल्लै थियो । मनमनै सोचें । म आउने भएर नै गेट खुल्लै राखिएको होला । माथि उक्लें र ढोका पनि नढक्ढकाई झ्यालबाट गएर आज उनलाई सरप्राइज दिन्छु भनेर झ्यालमा गएँ । जुनको उज्यालोमा उनी कुनै पुरुषसंग अंगालो मारेर सुतिरहेको देखें । विश्वास लागेन । धेरैबेर घोरिएर हेरें । तर अवस्था त्यही नै थियो । पुरुष को थियो, चिनिनँ, चिन्ने कोशिस पनि गरिन । त्यतिखेर मेरो अवस्था कस्तो थियो, वर्णन गर्न सक्दिन, फरक्क फर्कें र अफिस गएर रात कटाएँ ।
भोलिपल्ट घरमा गएँ, उनी र म सामान्य थियौं, जसरी पहिला हुन्थ्यौं । मानौं कि त्यो रात केही भएको थिएन । सामान्य बित्यो  । त्यो दिन र रातको खाना खाई सकेर सुत्यौं   । रातभरि निद्रा नलागेर छट्पटाइरहेको थिएँ । घडीले रातको दुई बजेको देखाएको थियो । बिस्तारै उनीतिर फर्केंं । उन मस्तले निदाएकी थिइन् । मनमा के भयो, एक्कासी मेरा दुवै हातले उनको घाँटी बेस्सरी थिचें । थिचिरहँदा उनले कुनै खालको प्रतिक्रिया जनाइनन् र मलाईमात्र हेरिरहिन् । एकछिनपछि उनको मुखबाट एक थोपा रगत निस्कियो । त्यो रगत मेरो पेटमा प¥यो  । एकछिनपछि उनी यस संसारबाट बिदा भइन् र उनलाई छाडिदिएँ ।
त्यसपछिका दिनमा जुन ठाउँमा उनको रगत परेको थियो, त्यस ठाउँदेखि बिस्तारै शरीरले काम गर्न छाड्यो र आज मेरा दुवै खुट्टा नचल्ने भएका छन् । विभिन्न अस्पताल गएर उपचार गराउँ । न त रोग पत्ता लाग्छ, न त ठिक नै हुन्छ । पश्चातापको भमुरिीमा जिीवनलाई डो¥याउँदा आज आफ्नै शरीर बोझ लागिरहेछ । रात परिसकेको छ । आकारमा अनगिन्ती ताराहरु देखनि थालेका छन् । यत्तिकैमा एकवर्षपछि उच्च अध्ययनको लागि विदेशमा गएको छोरो टुप्लुक्क घरमा आउछ र सोध्छ, ‘बाबा आमा खोई ?’
swasthyakhabar- बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget