डनको मान्छे देखेपछि शाहरुख खान भागे

डन’ फिल्मका सिक्वेलमा काम गरेका बलिउड अभिनेता शाहरु खानलाई बलिउडका डनसमेत भनिन्छ । तर,यी डनले अन्डरवल्र्डका वास्तविक डनहरुका कारण धेरै हैरानी खेप्नुपरेको छ । अन्य बलिउडकर्मीले समेत डनगिरीको दुष्परिणामा खेप्नुपरेको समाचार वेला–वेलामा सार्वजनिक हुनेगर्छ ।

सन् २००० तिरको कुरा हो । त्यतिबेलासम्म दाउद इब्राहिमको दाहिने हातका रुपमा छोटा सकिलले आफूलाई उभ्याइसकेका थिए । दाउदले उनलाई खासगरी जबर्जस्ती रकम असुलीको धन्दामा केन्द्रित गराएका थिए । तर,सकिलको भित्री इच्छा बलिउडमा हात हाली ग्यालमर दुनियाँमाथि राज गर्नु थियो । त्यसका लागि उनी ठूला स्टारलाई लिएर फिल्म बनाउने सोचमा थिए ।
त्यसका लागि उनले नाजिम रिज्वी नाम गरेका व्यक्तिलाई नियुक्त गरे । उनीमार्फत बलिउडमा वैधानिक रुपमै लगानी गरेर क्रियाशील हुने लक्ष्या राखे । सकिलको पहुँच र लगानीबाट करिअर उकास्न पाइने देखेर रिज्वी पनि मख्ख परे । निर्देशकका रुपमा उनीहरुले अब्बास बर्मावाला र मस्ता बर्मावालालाई छनोट गरे । यी दाजु–भाइ अब्बास–मस्तानको नाममा संयुक्त रुपमा फिल्म निर्देशन गर्ने गर्थे । प्रहरीले सकिलको मोबाइलबाट हुने कल ट्यापिङ गरिरहेको रहेछ । सकिलको इच्छाअनुसार रिज्वीले अब्बास–मस्तानलाई फिल्म चोरी चोरी चुप्के चुप्के बनाउन लगाए । फिल्ममा सलमान खान,रानी मुखर्जी र प्रिन्टी जिन्टालाई काम गराइयो ।
शाहरुखको फिल्म छायांकन भइरहेको स्थानमा एक दिन रिज्वी पुगे र आफू शाहरुखलाई भेट्न आएको सन्देश पठाए । तर,शाहरुख रिज्वीबाट यसरी तर्किए,जसरी रेविज लागेको मानिस पाटीबाट तर्सन्छ । रिज्वीले पिछा नछाड्ने देखेपछि शाहरुख सहकर्मी रानी मुखर्जीको कारमा छिरे र कारभित्रै एकघन्टा भन्दा बढी समय बसे । अन्त्यमा कारबाहिर ननिस्की उनी वेपत्ता भए ।
आजको नयाँँ पत्रिका दैनिकमा एक सामग्री प्रकाशित छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget