छिमेकीलाई प्रेम गर्नुस्, मुटु स्वस्थ बन्दछ

छिमेकीहरुसँग प्रेमपूर्ण सम्बन्ध कायम गर्ने मानिसको मुटु स्वस्थ बन्ने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार छिमेकीहरुसँग प्रेम तथा सौहार्दपूर्ण सम्बन्ध मुटुको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । छिमेकीसँग मैत्रीपूर्ण सम्बन्धले सामाजिक संजाल बढ्ने र यसको सम्बन्ध मुटुरोग तथा हृदयाघातको खतरा न्यूनिकरण सँग सम्बन्धित रहने शोधकर्ताहरुको भनाइ छ ।
अमेरिकाको मिचिगन विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनका क्रममा ५ हजार जना अमेरिकी वयस्क मानिसहरुको मुटु स्वास्थ्यको अध्ययन गरेका थिए । जसको चार वर्षको अन्तरालमा मुटुसँग सम्बन्धित कुनै पनि समस्या देखिएका थिएनन् ।
शोधकर्ताहरुले त्यस क्रममा सामाजिक सम्बन्ध र मुटु सम्बन्धि समस्याबीचको तादात्म्यताको तुलना गरेका थिए । त्यस क्रममा छिमेकीहरुसँगको सामाजिक सहयोगको सम्बन्धले हृदयाघातको खतरा १७ देखि २२ प्रतिशलते घट्ने देखिएको थियो । यस सम्बन्धि अध्ययन प्रतिवेदन इपिडिमियोलोजी एण्ड कम्युनिटी हेल्थ जर्नलमा प्रकाशित भएको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget