अब बिना नेटवर्क पनि फोनमा कुरा गर्न सकिने !

एजेन्सी । भारतीय कम्पनी सहस्राले ‘इन्डस्ट्रियल स्मार्टफोन’ नामको एउटा फोन सार्वजनिक गरेको छ, जसमा स्मार्टफोनसँगै वाकी टकी समेत छ ।
यसबाट नेटवर्क नभएको समयमा पनि मज्जाले कुरा गर्न सकिनेछ । ताइवानको कम्पनी इन्फोम्याक्सबाट सहस्राले यसको प्रविधि हाँसिल गरेर अब भारतमा नै निर्माण गर्न लागेको हो ।
औद्योगिक संस्थान, सूदुर जंगलहरुमा नियमित गस्ती र ड्युटी गर्ने तथा सुरक्षाकर्मीहरुलाई यो फोन बरदान सावित हुने कम्पनीको दावी छ । जहाँ सम्पर्क टुट्नासाथ निकै नोक्सानी र क्षति समेत हुने सम्भावना हुन्छ ।

सबैको हातहातमा स्मार्टफोन भन्ने भारत केन्द्र सरकारको योजनालाई समेत मद्दत पुग्नेगरी भारतीय कम्पनीले यो फोन ल्याएको हो ।
एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोन नेटवर्क नभएको ठाउँमा समेत काम गर्छ र सैन्य सुरक्षा गतिविधि, आपतकालीन सेवा, हवाई क्षेत्र, मेट्रो एवं. रेलवे स्टेशन, यातायात तथा उद्योगको सुरक्षा र सूचनामा महत्वपूर्ण हुनसक्छ ।
कम्पनीले यसको आधिकारीक मूल्य नखुलाएपनि १० हजार भारतीय रुपैयाँ बराबर हुने अनुमान छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget