यौन उत्तेजना थाम्न नसकेपछि डिल्लीबजार कारागारबाट कैदी भागेको खुलासा

काठमाडौं, २८ फागुन । राजधानीको डिल्लीबजार कारागारबाट मंगलबार उपचारका लागि आँखा अस्पताल लगिएका कैदी फरार हुनुको अनौठो रहस्य खुलेको छ ।
विगत ३ वर्षदेखि डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका सिन्धुपाल्चोकका पासाङ शेर्पा मंगलबार प्रहरीकै हातबाट भागेका थिए । सेक्स उत्तेजना थाम्न नसकेर उनी भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीकै मिलेमतोको शेर्पा श्रीमतीलाई भेट्न गएको खुलासा भएको हो ।
३ वर्षदेखि सेक्स गर्न नपाएपछि उत्तेजना उत्तेजना थाम्न नसकेर उनले प्रहरीलाई पैसा दिने भन्दै आफ्नै घरमा श्रीमतीलाई भेट्न गएको अनुसन्धानले जनाएको छ ।
उनले आफ्नी श्रीमतीसंग दुई घण्टा विताएको त्यसपछि घरको झ्यालबाट हतकडीसहित हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्त शेर्पा फरार भएपछि उनकी श्रीमतीलाई पक्राउ गरेको छ । श्रीमतीले प्रहरीलाई दिएको वयानमा शेर्पाले दुई घण्टा आफूसंग विताएको स्वीकार गरेकी छिन् ।
उनले दुई घण्टा आफूसंग दुई घण्टा विताएको र त्यसपछि पछाडीको झ्यालबाट हाम फालेर भागेको प्रहरीलाई वयान दिएकी छिन् ।
लागु औषध मुद्दामा १५ वर्ष जेल सजाय पाएका कैदी आँखा अस्पतालबाट नभई बौद्धस्थित आफ्नो डेराबाट फरार भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार उपचारका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पताल लगिएका शेर्पालाई अस्पताल पुर्याएका प्रहरी हवल्दार र जवानकै सहयोगमा बौद्धस्थित उनको घरमा लगेको र त्यहाँबाट भागेका थिए ।
घटनाको छानबिन समितिका संयोजक एसएसपी सुरेशविक्रम शाहले शेर्पा भागेपछि शेर्पाकी श्रीमतीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताए ।
अस्पतालबाट घरसम्म पुर्याउने तीनै जना प्रहरी हवलदार चिकन्दर यादव, प्रहरी जवानद्वय करण महरा र खोमराज पंगेनीलाई हनुमानढोका कारागारमा राखिएको छ ।
फरार कैदी शेर्पा लागु औषध मुद्दामा ०६९ असोज २२ गते थुनामा लिइएको थियो । उक्त मुद्दामा उनले पाँच लाख जरिवाना तिरेका थिए भने १५ वर्षको कैद सजाय भोगिरहेका थिए । शेर्पाले अझै साढे १२ वर्षको कैद भुक्तान गर्न बाँकी छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget