अनुहार त ठिकै हो, तर त्यसको जिउडाल सही छ, पूरा मिलेको, लभ परेको आठ महिना भो, रमाइलो गरेर छोड्दिने हो, मेरो अर्को च्वाँक केटीसँग लभ पर्न लागेको छ।'
यो कुरा सुन्नेलाई अपच लाग्छ, तर यो भएकै घटना हो। केही दिनअघि भ्यालेन्टाइन दिवसमा फेसबुकमा एउटा स्ट्याटस पनि खुब चल्यो- फिगर भएको केटी र जिगर भएको केटीलाई भ्यालेन्टाइन डे कुरिरहनु पर्दैन।
आजभोलि लभ पानीको थोपाजस्तै छ, कतिखेर खस्ने हो पत्तै हुँदैन। मायामा भावनात्मकभन्दा पनि बढी यौन र बाहिरी कुरालाई महत्त्व दिइन्छ। मायालाई खल्तीको एउटा कुनामा लुकाएर राखिन्छ।
मायाका नाममा अनेकौं स्वार्थ लुकेका हुन्छन्। केही विज्ञले भनेका छन्, माया अहिले दयनीय अवस्थामा छ। भावनात्मक र साँचो मायासँग हाम्रो स बन्ध फिक्का बन्दै गएको छ।
मायाको नाममा दर्जनौं गीत लेखिए, कविता कोरिए, युद्धसमेत भए। १७ सय वर्षपहिले सेन्ट भ्यालेन्टाइनले आफ्नै जेलरको छोरीसँग माया बसेर आफ्नो ज्यान गुमाए तर आज आएर यो माया भन्ने चीज अचम्मको छ, यसको अर्थ बुझ्न गाह्रो छ।
आजको आधुनिक प्रविधिले लभ पर्न र छुट्न साह्रै सजिलो बनाएको छ। नभेटीकनै आजभोलि फेसबुकमा लभ पर्छ अनि ब्रेकअप पनि हुन्छ। ट्विटरबाट लभ परेको सुन्ने दिन पनि सायद टाढा छैन।
लभको नाममा यौनलाई प्राथमिकता दिइन्छ। यौन लभ हुन्थ्यो भने एउटी यौनकर्मी हरेक दिन आफ्नो ग्राहकसँग लभमा पर्थी होला। मायाको जालमा पारेर यौन गर्न खोज्ने धेरै छन्।
मेरो एकजना साथीको यस्तै गरी लभ पर्यो, अपरिचित केटीलाई फेसबुकमा साथी बनाए अनि दुईचार दिनमै लभ पारे, भेटे भेटेनन्, थाहा भएन, तर त्यसको १५ दिनपछि सोध्दा उनको ब्रेकअप भइसकेको थियो, त्यो पनि फेसबुकबाटै। तर केही अपवाद हुन्छन्, जहाँ फेसबुकमै भेटेर लभ गर्छन् अनि बिहे पनि।
अस्तिमात्र भारतको एक राज्यमा त्यहाँको युवकको फेसबुकबाटै अमेरिकाको एक युवतीसँग लभ परेको र पछि ती युवक भेट्न भारतै आएको र बिहे गरेको घटनाले सनसनी मच्चाएको थियो।
मायामा धोका दिनेहरूको कमी छैन। मेरो एकजना साथी थियो, जसको एकै समयमा तीनोटा प्रेमिका थिए। उसले कसरी तीनजनालाई डेटिङ गर्न याउँथ्यो त्यो अझ पनि कूतुहलको विषय बनेको छ।
ऊ भन्थ्यो, 'केटी पट्याउन बोली र हिम्मत चाहिन्छ, बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।' त्यस्तै मेरा एकजना दिदीको ६ वर्षको लभ थियो, बिहान मात्र मैले त्यो केटासँग डेटिङ गरिरहेको देखेको थिएँ तर बेलुका इन्गेजमेन्ट भयो तर अर्कै केटासँग। उसले बिहे गर्न लागेको केटा धनी थियो। त्यसमाथि दिदीको बाबुआमाले रोजेको।
बिहे गरेपछि पनि धोका दिनेहरू धेरै छन्। घरमा पत्नी हुँदाहुँदै परस्त्रीसँग सम्बन्ध राख्नेहरू धेरै छन्। त्यस्तै पति वैदेशिक रोजगारमा गएको बेला पत्नी अर्कैसँग गएको समाचार पनि बेलाबेलामा पढ्न र सुन्न पाइन्छ।
आजभोलि बिहे भएपछि सम्बन्ध टुट्ने क्रम बढ्दो छ। एक अध्ययनअनुसार पछिल्लो पाँच वर्षमा सम्बन्ध-विच्छेद दोब्बर भएको छ र २०१३ मा मात्र यसको संख्या एक हजार आठ सय २४ पुगेको थियो।
यसको कारण होला तर यसरी सम्बन्ध टुट्नु पक्कै राम्रो होइन। माया भावनात्मक हुनुपर्छ, कसैको भावनामा खेल्नु र धोका दिनु सही होइन।
एउटा प्रचलित भनाइ छ, 'खुट्टा भए जुत्ता कति कति।' यसमा युवक र युवतीलाई आलंकारिक रूपमा प्रस्तुत गरिएको छ। युवतीलाई खुट्टाका रूपमा प्रस्तुत गर्नु समग्र नारी जातिको अपमान होइन र?
लभको नाममा यौनलाई प्राथमिकता दिइन्छ। यौन लभ हुन्थ्यो भने एउटी यौनकर्मी हरेक दिन आफ्नो ग्राहकसँग लभमा पर्थी होला। मायाको जालमा पारेर यौन गर्न खोज्ने धेरै छन्। यौनलाई बढी प्राथमिकता दिनाले र सही-गलत छुट्ट्याउन नसक्नाले बलात्कारका घटना बढ्दो छ।
माया भनेको त शुद्ध हुनुपर्ने तर मिसिएर आउँछ। लभ गर्न पनि कति धेरै सर्त र आवश्यकता हुन्छ। अनुहार, जिउडाल भनेको त पानीको फोकाजस्तै हो, आज छ भने भोलि हुँदैन।
चाहिने भनेको त माया हो, जसमा कुनै स्वार्थ लुकेको हुँदैन अनि मात्र त्यो कालान्तरसम्म जान्छ। के लभ पनि व्यापार सम्झौता गरेको हो र सर्तसाथ साथ आउने?
माया सबैलाई चाहिन्छ, जोकोहीले पनि गर्न सक्छन् तर त्यसका लागि मुटु बलियो हुनुपर्छ। माया गर्न सही व्यक्ति छान्नुपर्छ। यसमा कुनै सर्त र आवश्यकता हुनु हुँदैन। नि:स्वार्थ माया नै सुन्दर हुन्छ।
बब मार्ली भन्छन्, एक दिन तिमीले यस्तो व्यक्ति भेट्छौ, जसले तिम्रो संसार परिवर्तन गर्दिनेछ, तिमीले आफ्ना हरेक कुरा बाँड्न सक्छौ र तिमीलाई विशुद्ध माया गर्छ अनि त्यसपछि तिमीले थाहा पाउनेछौ, अरूसँग तिम्रो स बन्ध किन टिकेन भनेर।'
त्यसैले सही व्यक्तिसँग माया गर्नुपर्छ, नत्र 'रेशम फिलीली' गीतमा भनेझैं सम्पत्ति र सुनको आशा देखाएर मायाको जालमा पार्लान् र अझकल्टोमै छोड्देलान्।
Post a Comment